Chandragirinews edmark थानकोट नाकाबाट भित्रने गोलभेँडा र काउली खान अयोग्य कृषि समाज    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
चन्द्रागिरि ।

उपत्यकामा मुख्य गरी थानकोट, चौतारा, बालाजु र फपिङ्ग नाकाबाट तरकारी भित्रने गरेको छ । त्यसमध्ये विभिन्न ४ स्थानमा उत्पादन भई दुई नाकाबाट भित्रिने गरेको गोलभेडा र फूलगोवी (काउली) खान अयोग्य भएको जनाइएको छ ।

ती तरकारीमा अत्यधिक विषादी भएकोले खान अयोग्य भएको र नष्ट गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भनाइ छ । विभागका अनुसार जगाती र थानकोट नाका हुँदै उपत्यका भित्रने भारतको गोलभेडा, मुलुकभित्र चौताराको गोलभेडा, पाँचखालको फूलगोवी र धादिङ्गको फूलगोवी खान अयोेग्य छ । जगाती हुँदै भित्रने ज्याम्दी कुवापानीको गोलभेडामा समेत विषादी भेटाइएकोले त्यसलाई भने केही दिन पर्खेर, धुइ पखालि गरी उपभोग गर्न सकिने जनाइएको छ ।

विभागका उपमहानिर्देशक डा.मतिना वैद्यले विभाग र वाली संरक्षण निर्देशनालय अन्तर्गतको विषादी अवशेष द्रुत विष्लेषण इकाई कालीमाटीको संयुक्त टोलीले उपत्यकामा तारकारी भित्रने क्रममा ती चार नाकाका तरकारीहरु विष्लेषण गरेको बताइन् । “टोलीले थानकोट, चौतारा, बालाजु र फर्पिङ्ग नाकामाबाट भित्रने तरकारीहरुमा अध्ययन गरेका थियौं,” उनले भने “अध्ययनमा जगाती र थानकोटबाट भित्रने गोलभेडा र फूलगोवी बढी प्रतिकुल भेट्यौं ।”

उनका अनुसार सबैभन्दाबढी पाँचखालमा उत्पादन भएको फूलगोबीमा ६६.८ प्रतिशत प्रतिकुल भेटिएको थियो । त्यस्तै धादिङ्गमा उत्पादन हुने फूलगोवीमा ६३.८ प्रतिशत, चौताराको गोलभेडामा ५७.५, भारतको गोलभेडामा ४६.५ र ज्याम्दी कुवापानीमा उत्पादन हुने गोलभेडा ३६।३ प्रतिशत प्रतिकुल रहेको पाइएको छ ।
विभागको अनुसार ३५ प्रतिशतसम्म प्रतिकुल रहेका तरकारीलाई खान योग्य मानिन्छ । सोभन्दामाथि ४५ प्रतिशतसम्म प्रतिकुल तरकारीलाई केही दिन पर्खेर धोई पखाली गरी खान सकिन्छ । तर ४५ प्रतिशतभन्दा बढी प्रतिकुल भएमा खान नहुने, नष्ट गर्न पर्ने बताइएको छ ।

उपमहानिर्देशक डा. वैद्यले मंसिरदेखि जेठसम्म करिब ७ महिना विष्लेषण तथा अध्ययन गरेको बताइन् । उनका अनुसार विभिन्न स्थानहरुबाट उपत्यकामा भित्रने बन्दा, तोरीको साग, केराउ, सिँवी, हरियो प्याज, खुर्सानी, धनिया, करेला, काक्रो, फर्सी लगयत १३१ तरकारीको नमुना परिक्षण गरिएको थियो । र¥यापीड वायोएसी अफ पेस्टीसाइड रेस्यूड्युज ९आरबीपीआर० विधिबाट विष्लेषण गरी अध्ययन गरिएको विभागको भनाइ छ ।

Comments

comments