नक्साल वरीपरीको श्रेत्र, अक्सर म उनी हिड्ने बाटोमा उनलाई पर्खेर बस्थे, उनको आगमनका आभाष पाउन साथ त्यस स्थान वाट छेको लाग्थे,अनी फेरी कयाँै घण्टा उनको एक झलकको लागी त्यही कुरेर बस्थे। उनलाई कुर्दा गहना पोखरी पनी रारा ताल झै सुन्दर लाग्न थालेको छ, उनको पर्खाइमा रितिएका चियाका गिलासहरु देख्दा ,मानिसहरु मलाइ हेर्दै काही नभएको जात्रा हाडी गाउमा भन्दा हुन। w/H questions बाट सुरु भएको हाम्रो सम्बन्घ, फेसबुकमा like, comment, reaction हुदै अबेर फोन वार्तालापमा परिणत भएको थियो। उनले हाम्रो chat head उनको प्रिय कलर हरियोमा बदलेकि थिइन। अब मघ्य रात सम्मको कुराकानी हाम्रोलागी नौलो कुरा रहेन। हरेक दिन उनी आफ्ना सम्पुर्ण दैनिकीहरु मेरा सामु विस्कुन लगाउथिइन, म एक कालिगढ जसरी उनका कुराहरुलाई मोतीको दाना झै एकएक गरी संचय गरी त्यस मोतीको हार हाम्रा जीन्दगीमा सझाउन खोज्थिए, देख्ने सुन्नेले नी ईस्या गरोस आह कती भाग्यमानी तिमीहरु भनेर। कहिले काही प्राथना गर्रछु , यो काला रात नहट्रदिए मेरा जिन्रदगीबाट म सधै उनीसगं यसरीनै आफ्रना, हाम्रा भावना पोख्न सकु। यि काला रात मेरा प्रिय भएका छन। सायदै यि काला रातमा रंगिन भविष्यको सुनौला अठोढ नगर्ने कमै प्रेमी होलान । लाग्यो प्रेम हाम्रो बाक्लिदै थियो धनी NTC/NCELL हुदैछ । हाम्रा भौतिक दुरीको फाईदा उठाउदै । जुकर्रवग त पहिलै घनी भईसकेको थियो। एक दिन उनले पंहेलो साडी लाएकोे प्रोफाईल पिच्चर अपलोड गरिन,मैले ूजब तिमि कालो ब्लाउजमा पंहेलो साडी लगाएर आउछौ, तोरी बारीमा चरेको भैशी जस्ती देखिन्छौू भनी कमेन्ट हान्दा उनी ३ दिन सम्म बोीलन्न, त्यस दिन थहा पाए मायामा रिस पनि हुदो रहिछ। काठमाण्डौका क्रनक्रिटको जंगल पार गर्रदै हामी अघि बढ्रयौ , बाटा वरीपरीका घरहरु हाम्रा पछी पछी कुदे जस्तै लाग्छ । हुन पनी जिन्दगीको यात्रामा अघि बढि रहदा, सम्झनाहरु पछी पछी कुदिरहन्छन । बस मलाई अतितका याद गर्रनु छैन । नाकी भविष्यको कल्पना, म उनको साथमा छु मलाई वर्तमानमा जिउनु छ ,रमाउनु छ। मलाई झै उनलाई पनी झ्रयालको सिट मनपरर्ने । उनलाई झ्रयाल तर्फ राख्दै मायाको पहिलो सानो sacrifice भयो मेरो तर्फबाट, म मनमनै मुस्कुराए । आफ्रनो केश मिलाउदै मुस्कानको साथ उनले संवाद अधि बढाईन। मन भित्रका कयौं शब्द मेरा मन भित्र नै कैद भए । सायद मेरा मनौताले उनलाई सतायो होला, म बिस्तारै खुल्दै गए, कुरा गर्दै जादा उनका हात मेरा हातमा, त कहिले मेरा हात उनका हातमा ठोकिन पुग्थे। म मा अनौठो कम्पनता छायो, सायद उनमा पनी त्यसैले उनी आफ्रनो हात हत्तन पत्त हात हटाउथिन । फेरी हामीमा मनौता छायो । म मनौामा खुशी भए, उनको साथमा खुशी भए, मैले उनलाई एकटक हेरी रहे, उनी पनि आकल झुकल मलाई हेर्रथिन। हाम्रा आखांहरु सानो समयकोलागी जुद्यथिए, मनमा फेरी तरंग पैदा भयो। गाडीमा बिम्बआकाशको ूनजिकू बोलको गित बज्यो, गितका हरेक शब्दले हाम्रो अबस्था प्रतिनधित्व गर्रयो। मायामा मैले गर्ने हरेक ईफोर्ट अनी उनले गर्ने र्निर्दोश इन्कारको वाहानाको प्रतिविम्ब थियो त्यो गित । अचानक उनले मलाई कर्के आखांले हेरिन, केबल हेरिरहिन, उनि निशब्द भईन, अब उनका केबल आखांहरु मात्र बोल्न थाले। सुस्तरी मैले उनको हात समाए , उनी लज्जा पुर्वक मुस्कुराईन , आफुलाई म मा सम्र्पण गर्दै। कन्डकटरले धुलिखेल आएको संकेत गर्यो, हामी बसवाट झरी हजार सिढी चढ्रने तरखर गर्यौ। उसले हातमा एक पाकेट लेज अनि मैले एक बोतल पानी बोके। उनको हासो, उनको बात, उनका साथ, उनको नयनको चंचलतामा हजार सिढी चढेको मेसो सम्म पाएन्न मेरा खुट्टाले। धुलिखेलको ढुगांमा फोटो खिचाउनेको लाम थियो, आज सबैको प्रोफाईल पिच्चर चेन्ज हुन्छ सायद। सरकार सगं यो ढुगांलाई राष्ट्रिय घोशणा गर्न माग गर्नु पर्ला। उनले ढुगांमा फोटो खिच्न मन गरिन्न, उनलाई उचाई सगं डर लाग्छ अरे, हामी भ्यु टावर तर्फ अघि बढ्यौ। आज उनलाई मनको कुरा भन्नु छ, के सकुलात म?? मनको कुरा भन्न, भन्न ठिक होला त मनका कुरा???

Comments

comments