देव्यानी -7


धुलीखेलका भ्यु टावर बाट धेरै मनोरम दृश्य देखिए, विभिन्न सेता हिमाल देखिए, बनेपाका बाक्ला बस्ती देखिए, पाँचखालका मनोरम फाट देखिए,नमो बुद्धका अग्ला डाढा देखिए, निला निश्चल आकाश देखिए, हराभरा वन देखिए।
तर मलाई अरु नै सौन्दर्यले लठ्ठायो,
थोरै त त्यो मुस्कानले लठ्ठायो,
मुस्कान भन्दा बढी मुस्कान जुन अनुहारबाट पोखियो, त्यो अनुहारबाट लठ्ठायो। मैले अनुहार भरी सौन्दर्य मात्र देखे, एक छिन त अनुहारमा अनुहार समेत देखिन मैले। फेरी उसका आखाँका अदभुत सौन्दर्यले लठ्ठायो मलाई।
आखाँ त एक पटक मात्र जुधेका हुन तर हाम्रा हेराईहरु छुटिन मानिरहेका थिएनन्।
मैले उनको हात बेस्सरी समाए
म : “कति माया गर्छौ मलाई ?” (मैले आशाभरित प्रश्न गरे )
उनी: “किन गर्नु नी हजुरलाई माया” (जिब्रो लपारर्दै उनी बोलिन )
म : “नगर न त”( अलिकति घुर्की मेरो)
उनी: “रीसाउनु भाको” ( उनी फकाउन नजिकिईन)
मैले बिस्तारै हात छुटाए
उनी: “साच्चै भनम, हजुर ले भन्दा अलिक बढी“ (अगांलोमा बेरिदै अपेक्षाकृत उत्तर दिईन)
म : “तर तिमी मेरो प्रेमिका बन्न लाएक छैनौ“ ( मैले भाबुक हुदै सम्बाध बढाए)
उनी: “किन र?“ ( अंगालो बाट फुस्किदै प्रश्न गरिन)
म: “धत् लाटी तिमी प्रेमिका होईन जिबनसाथी बन्न लाएक छौ“
यति भन्दै एक घुढा टेकी गोजीमा भएको साधारण औठी उनको अघि तेर्साउदै प्रस्ताब गरे
“Will you marry me?“
मेरा सम्पुर्ण हर्कतले उनको मुहारमा निकै परिवर्तन लेरायो, उनका नयनमा डर, माया, ममता, हासो, स्नेह, लज्जा, स्वतन्त्रता, पागलपन, खुसि, मध्होसी सबै प्रस्ट देखींथीयो ।
उनले कुनै समय नखर्ची
“ Yes“ भन्दै पूर्ण मेरो अंगालोमा बाधींन ।
उनका आँखा भित्र भावना मात्र थिएन, यतिन्जेल उनका नयन आश्रुले भरिएको थियो। बस यो मन कसैको आश्रु देखेर पहिलो पटक खुसि भएको थियो ।अलिक बढी नै
हामी दुबैका मनमा कयौ शब्दहरु ताण्डव खेल्दै थिए, तर बोली पुरा बन्द
सायद शब्द कम, बुझाई वढी हुदो हो मायामा।
हाम्रा आँखा कयौ घण्टा जुधिरहे,
सुयर्ले बादलको सिरक ओढी राता राता किरण छर्दै, डाढा पछाडी सुत्ने तरखर गर्यो
हामीले पनी धुलीखेललाई बिदाई गर्ने निणर्य गर्यौ स्नेहका साथ धन्यवाद भन्दै।

हामी फगत कफि खाने वहानामा अक्सर भेटन थाल्यौ, न्यु रोडको सुप्रिम क्याफेको टेबलमा आमुन्ने सामुन्ने राखिएको कफीको कपको पछाडी बसी कयौ सपनाहरु बुन्न थाल्यौ।
म शब्द राख्छु ,उनी भावना उठाउछिन।
मेरा शब्दमा नयन राख्दै, सायद सपना देख्छिन उनी।
हो! हाम्रा प्रेमका साक्षीे सुप्रिम क्याफेका Black कफीहरु छन, गार्डेन अफ ड्रीम्स लोखर्केहरु छन, वसन्तपुरका परेवाहरु छन, टौदहका माछाहरु छन, ककनीका हरीया डाढाहरु छन, सुन्दरीजलका ठुल्ठुला ढुगां छिचोल्दै बग्ने पानीका धारहरु छन।
मैले कुरा नसुन्दा उनी रिसाउछिन, मैले सुने मुस्कुराउछिन।
म उदास हुदा सम्झाउछिन, म चुप हुदा हसाउछिन।
म रिसाउदा फकाउछिन, मेरा कमजोरीमा आफ्नो हक जताउछिन।
मेरा सब प्यारा उनका प्यारा थिए।
म भन्दा बढी मेरा सपनालाई आफ्नो लक्ष्य ठान्थिन,
म लरबराउने डरले मेरा हात थाम्थिन।

सुर्य उनलाई हेर्न उदाएझै लाग्छ आजकाल , बादल उनलाई सितलता दिन नाच्दै हिडे झै लाग्छ आजकाल, चन्द्रमा उनी सगं दाजिने डरले ताराहरु बिच लुक्छ आजकाल, उनको बयानमा चरा चुरिगी गित गाउदै हिडेको सुन्छु आजकाल , हावाका प्रत्येक कणहरु उनी हूदै म मा स्पर्श गर्न आईपुगेको भान हुन्छ आजकाल।

म साविक भन्दा बढी खुशी छु, सायद जिन्दगी मै सबै भन्दा बढी, म बाच्न जान्दै छु अझ भनौ मलाई बाच्नुको कारण मिलेको थियो। म आफै आफै कल्पानाहरु कल्पेर मुस्कुराउथे, मानिसहरु सजिलै म मा भएको परिवर्तन पहिल्याउन सक्थे तर कसैलाई मैले यस्को सुईको सम्म नी दिएको छैन कि म प्रेममा छु। म आफैमा हराउन थालेको छु, उसको सामिप्यताको आभाष गर्दै।

हाम्रा आखांहरु बाट निन्द्रा गायव हुदा पनी हाम्रा आखांहरु सपना रहित थिएन्न।
सधैकालागी एकअर्कालाई एकअर्काको बनाउने सपना


Comments

comments