स्थानीय विकासमा जनसहभागिताको महत्व


परिचय
विकासको एउटै मात्र परिभाषा छैन । फरक फरक विद्धानहरुले विकासको परिभाषा पनि फरक फर ढङ्गले दिएको छन । साधारणतया विकास भन्नाले सजिलो अनुभव गर्नु हो । देश भित्र निर्माण गरिने वाटो,पुल,भवन,विद्युत आयोजना,नहर आदि तथा सो को उपयोगवाट उत्पादनमा हुने वृद्धिलाई विकास भन्ने गरिन्छ । साच्चै भन्नु पर्दा देशमा भएको व्यापक गरिवी,रोग,भोक र शोकलाई हटाउन वा घटाउन सक्नु नै विकास हो । त्यस्तै जुन काम जस्को लागि गरिएको हो सोही समुदायलाई कार्यको प्रारम्भिक विन्दुवाट साधन स्रोत अधिकार,र जिम्मेवारी दिई कानून सम्मत प्रक्रियावाट सहभागी गराई लाभदायी वर्गलाई स्वविवेकले विकास निर्माण संचालन र संभार गर्न अपनन्त प्रदान गर्नु नै जनसहभागिता हो । जनसहभागिताले मसंग सम्वन्धित विषयमा निर्णय गर्दा मलाई पनि संलग्न गराईनु पर्छ र निर्णयको कार्यान्वयनमा मैले भाग लिन पाउनु पर्दछ साथै त्यसवाट सृजर्ना हुने फाइदा मैले पनि पाउनु पर्छ भन्ने गर्दछ ।
ऐतिहांसिक पृष्ठभूमि
हाम्रा पुर्खाहरुले कतिपय स्थानहरुमा पाटी,पौवा,मठमन्दिर,धर्मशाला,पाठशाला,आश्रम,गुम्वा स्तुप आदि वनाएको हामीहरुले देखेका छौ । यसरी वनाएको विभिन्न ऐतिहासिक महत्वका वस्तुहरु कुनै एक व्यक्तिले मात्र नवनाई त्यसमा जनसहभागिता जुटाउने परिपाटी रहेको अवस्थाको हामीले अनुमान गर्न सक्छौं । ईतिहांसको अध्ययन गर्ने हो भने हाम्रो देशमा परम्परा देखि नै मूल्य विना श्रम गर्नु पर्ने अवस्था रहेको धेरै उदाहरणहरु भेटिन्छ । सार्वजनिक निर्माणको क्रममा विगतमा व्यापकमात्रामा विना मूल्यको श्रमको प्रयोग गरिन्थ्यो त्यस्तो श्रमको परिचालनवाट लडाईको किल्ला निर्माण देखी दरवारहरु,मन्दिरहरु वाटोघाटो,पुल आदि निमार्ण गरिन्थ्यो । मल्लकालमा जयप्रकाश मल्लले वारुदखानाको लागि चाहिने कच्चा पर्दाथ विना मूल्य श्रमवाटै गराएका थिए । पृथ्वीनारायण शाहको पालामा समेत यो प्रथा सामाजिक निर्माणको लागि निकै लोकप्रिय भएको देखिन्छ । पृथ्वीनारायण शाहको पालो पछि जनतावाट गरिने यस्तो अनिवार्य श्र्रमलाई “झारा” भन्ने गरियो । यसै झारा श्रमवाट स्थानीय पुल,सिचाईका लागि कुलो,नहर,वाटो, निर्माण तथा मर्मत गर्ने प्रचलन निकै वाक्लो थियो । २००७ सालमा देशमा प्रजातन्त्र आय पछि पनि सामाजिक विकासका विभिन्न क्षेत्रमा अनिवार्य झारा प्रथाको विकास भयो झन राणा शासनमा त यस प्रथाको व्यापक विकास भई राणाहरुको हरेक कार्यक्रममा झारा प्रथा अपनाउने गरेको थियो । पछि देशमा योजनावद्ध विकासको थालनी भए पछि छैठों पञ्च वर्षिय योजना देखि विकासमा जनसहभागिता वढाउने नीति अवलम्वन गरिएको थियो ततपश्चात हाल सम्मका पञ्च वर्षिय, त्रिवर्षी योजनाहरु तथा अन्य योजनाहरुमा जनसहभागिताको महत्वपूर्ण स्थान रहेको पाइन्छ ।
स्थानीय विकासमा जनसहभागिताको महत्व
जनसहभागिता विकासको आधारभुत तत्व हो । स्थानीय विकासमा यसको ज्यादै महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय स्तरमा विकासको माग सृर्जना गर्न,स्थानीय विकासको काममा जनमत सृर्जना गर्न,योजनाको छनौट गर्न,तर्जुमा गर्न, कार्यान्वयनलाई सहज,सरल र समयमा नै सम्पन्न गर्न जनसहभागिताको महत्वपूर्ण भूमिका रहन्छ त्यतीमात्र होइन कार्यक्रमको गुणस्तर वढाउन कार्यक्रमको लागि नगद, वस्तुगत र जनश्रमदान आदि स्रोत साधन जुटाउने समेत यसको अहम भुमिका रहन्छ । कार्यक्रमको शुरुमा मात्र होईन सम्पन्न भई सकेको कार्यक्रमहरुको नियमित संचालन र मर्मत संभार गरि त्यस परियोजनावाट उचित फल प्राप्त गर्न समेत जनसहभागिताको महत्वपूर्ण स्थान रहेको हुन्छ । जनसहभागितावाट स्थानीय स्तरका व्यक्ति तथा समुदायहरु संगठित हुने सहयोगको आदन प्रदान हुने,एकता,समझदारी,सदभावना र समन्वयमा विकास भई स्थानीय स्रोत साधन तथा मानविय शक्ति र सामाथ्र्यको उचित परिचालन हुन गई समाजमा परनिर्भता संस्कृतिको समाप्ती, सानातिना काममा सरकारको मुख ताक्ने संस्कृतीको अन्त्य हुन गई देशको विकासमा टेवा पुग्न जान्छ ।
स्थानीय स्तरमा जनसहभागिताको प्रवद्र्धन कसरी
स्थानीय स्तरमा जनसहभागिताको सुनिश्चितता गर्नको लागि स्थानीय स्तरका लागि ऐन नियमहरु तर्जुमा गर्दाको वखत देखि नै ध्यान दिन आवश्यक छ । जनसहभागिता विनाको योजना वा आयोजनाहरु सम्पन्न नहुने नीतिगत निर्णयको व्यवस्था गर्न आवश्यक छ । त्यस्तै हरेक योजनाहरुको थालनीको समयमानै जनताहरुलाई सुसुचित गर्ने समिति तथा उपसमितिहरु निर्माणको क्रममा व्यापक रुपमा जनताको उपस्थितीमा गराउने,दतचित्त भएर काम गर्ने उपभोक्त समितिहरुलाई पुरस्कारको व्यवस्थाको गर्ने साथै वेलावेलामा उपभोक्ता समितिमा वसेर काम गर्ने स्थानीय जनताहरुलाई अवलोकन भ्रमणको व्यवस्था गने । स्थानीय स्तरमा रहेका ठुलावडाको उपस्थितीमा योजनाहरुमा काम गर्न लगाएर उदाहराण प्रस्तुत गर्ने गराउने गरेमा जनसहभागिताको प्रवद्र्धनमा टेवा पुग्छ । त्यस्तै स्थानीय स्तरमा जन सहभागिता वृद्धिको लागि सामाजिक असमानताको अन्त्य,सामाजिक भेदभावको अन्त्य,सहभागितालाई प्रोत्साहान गर्ने संस्कृतिको विकास निर्णय प्रकृयामा विकेन्द्रीकरण नीतिको अवलम्वन गर्ने गर्नु पर्दछ ।
उपसंहार
विगतमा जनताहरु अशिक्षित छन उनीहरु केही पनि वुझदैनन र गर्न पनि सक्दैनन भन्ने सोच व्याप्त थियो त्यसै भएर सरकारले नै हरेक विकासका योजना तर्जुमा गर्ने ,कार्यक्रम संचालन सम्भार गर्ने काम गथ्र्यो र देशमा विकासको फल माथिवाट तल ल्याउने निर्देशनात्मक विकास अभियान Trickle down approach planning संचालन गरेको थियो । जनताको समस्याको पहिचान नगरी जनतालाई सहभागी नवनाई ल्याएको त्यस्ता विकासका मोडलहरुले प्रभावकारी ढंगले काम गर्न सकेन र विकास पनि सोचेको गतिमा भएन वरु यसको कारणले स्थानीय ग्रामिण समुदायहरुमा चर्को आर्थिक तथा सामाजिक विभेद देखा पर्न थाल्यो । ततपश्चात देशमा उच्चदरको विकास पहिल्याउनको लागि स्थानीय दरिद्रता र असमानताको विरुद्ध लडन सक्ने नया विकासको अवधारणाको खोजी हुने क्रममा जनसहभागितामा आधाररित Bottom up approach गउ बउउचयबअज मोडलको शुरुवात भयो । पछाडी पारेको जनतालाई विकासको मूलधारमा ल्याई स्थानीय स्तरको विकासको लागि जनसहभागितामा मात्र एक सही र सफल विकासको मोडल हुने भएको र यसको माध्यमवाट समाजको हरेक पक्षमा रहेको पूजी,प्रविधि जनशक्ति तथा विविध स्रोत र साधनको सही परिचालन भई संचालित विकास निर्माणको कार्यक्रमहरुको दीर्घकालिन फाईदा हुने भएकोले विकासको लागि जनसहभागिता अनिवार्य तत्वको रुपमा लिने गरको पाइन्छ ।
सन्र्दभ सामाग्रीहरु
१.व्यूरोक्रेसी मासिक
२.Concepts of Rural Development in Nepal
३।विकास अध्ययन
राजु श्रेष्ठ
चन्द्रागिरि नगर पालिका – ७


Comments

comments