” आखिर मान्छे मान्छे बिच नै भेदभाव हुन्छ भने किन चाहियो र समाज ? “

सिङ्गो राज्य अझै भनौ मानव सभ्यताको थाक थलो सिङ्गो पृथ्वीनै कोरोना भाइरसको भयाबह स्थितीबाट गुज्रीरहेको स्थिती बाट भोलि के हुन्छ? भन्ने अन्यौल , त्रास र भय बिच दुई ढुङ्गा बिचको तरुलको रुपमा सदियौ देखि सार्वभौम स्वतन्त्र मुलुकको रुपमा वीर गोर्खालीको ईतिहास साक्षी राख्दै दुख सुख सामजिक मर्यदा , आपसी सद्भाव ,भाइचारा र धार्मिक सहिष्णुताको ज्वलन्त उदहारण बन्दै आएको मुलुकका जनता भन्न पनि लाज लाग्ने घटना घट्दा कथित सामजिक प्राणीको उच्च ओहदामा रहेका केही ब्यक्ती तथा समुदाय अझै पनि यथास्थिति मै रुमल्लिरहेको यथार्थ महसुस गरेको छु ,के हामीले चाहेको परिवर्तित समाज यस्तै हुन्छ त ? के हजारौ सहिदहरुको बलिदानले सिर्जित नेपाली समाज यहि हो त ?
संविधानले जीवनसाथी छान्ने अधिकार दिएको छ, जात र धर्मको आधारमा विभेद गरिएको छैन तर फरक जातिसँगको प्रेम र विवाहमा समाजको क्रूरता अझै हटेको छैन ।कथित तल्लो जात भएकै कारण के समाजमा उस्को भुमिका नै हुदैन र ? के सधै बलिको बोका दलित मात्रै बन्नु पर्ने हो ? आखिर कहिले सम्म जात भात को विभेद अब त सम्बिधानले सबै नागरिकको समान हैसियतको सुरक्षा गर्दिसकेको छ त फेरि पनि किन धज्जी उडिरहेको छ नेपालको मौलिक कानुनको , किन सडक ,सदन तात्दैन यो बिभेदकारि नरसम्हारको बिरोधमा ? यदि मान्छे भएर मान्छे को दर्जा पाइदैन भने चाहिदैन यस्तो नपुंसक समाज , बन्द गर दलित र गैर दलितको भेदभाव अरे तिमी हामी वीर नेपाली हौ के भन्ला बिश्वले ? रुकुम जिल्लामा घटेको अझै भनौ घटाइएको घिनलाग्दो लज्जास्पद नरसंहारको घोर भत्सर्ना गर्दछु , मृतक आत्माहरुको चिर शान्तीको कामना गर्दै दोषी उपर कडा भन्दा कडा कार्बाहीको माग गर्दछु ।

मधुकर बस्नेत

चन्द्रागिरि नगरपालिका वडा न २ का वडा सदस्य