” मेरो नजरमा युवा “

एक युवा जो सहि मानेमा युवा कहलिन्छ जव उ भित्रको आवेश , रिस , इक्षा , बदला , माया , भावना आदि इत्यादि न्युनतम सुचकले बिभुसित हुन्छ ।साधारण अर्थमा युवा ती हुन जो शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहन्छ्न ती सबै युवा युवती मानिन्छन । के यति मात्रै हो युवाको परिचय वा अर्थ ? शाब्दिक अर्थमात्रै हो भने मानौला तर मेरो विश्लेषण युवाको लागि अलिक फरकनै छ किनकी म युवालाई कथित उमेर र शारीरिक मानशिक तन्दुरुस्तीकै योग्यतामा युवा भन्दिन । मेरो बुझाइमा जो मानिस असंख्य असम्भवाना हरु बिच सम्भावना खोज्ने चेस्टा गर्छ त्यो युवा हो , जो आफू र आफ्नो समाजकोलागि निरन्तर सोचीरहन्छ त्यो युवा हो , त्यो ब्यक्ति जो मन वचन र कर्मले रास्ट्र प्रती समर्पित छ त्यो युवा हो तसर्थ मेरो बुझाइमा युवा हुनको लागि केबल उमेर र तन्दुरुस्ती मात्रै भएर पुग्दैन साथसाथै तिब्र इक्षाशक्ति सहित आफ्नो परिवार , समाज र रास्ट्र प्रती सकारात्मक सोच राखी नयाँ र पुरानो तथ्यपुरक बिसयबस्तु हरुलाई समायोजन गरि नयाँ उपयोगी सिद्धान्त प्रतिपादन गर्ने जो कोहिलाई युवा भन्दा फरक नपर्ला ।

त्यसैले आजको प्रतिस्पर्धात्मक युगमा साच्चैनै आफुलाइ युवा भन्ने हो भने अब सोच परिवर्तन गर्न जरुरत छ । भित्र भित्रै दबिएका ती सबै आक्रोश हरुलाइ उर्जामा परिणत आबस्यक छ । देखासिकी मात्रै हैन आफ्नै सोचलाई व्यवहारिकता प्रयोग गर्न आब्स्यक छ । आफू मात्रै हैन समाज पनि छ भन्दै गतिशिल ब्यक्तित्वको बिकास गर्नै पर्छ तब मात्र साचो अर्थमा युवा अनि युवा बाट बनेको समाज अनि रास्ट्र कहलिएला ।

यदि तिमी हरेक अन्यायको बिरुद्दमा क्रोधले काप्छौ तब सहि अर्थमा युवा हौ र समाज अनि रास्ट्रले यस्तै युवा खोजी रहे छ र यो शिलशिला युगौ युग देखि चलीनैरहेको छ ।।