चन्द्रागिरि


रामचन्द्र हुमागाईं

सदियौं देखि राजधानीलाई
हरियो आलिंगनले लपेटी रहेकी
चन्द्रगिरि, रहिनौ अब चन्द्रगिरि ।

साहित्यको ऐनाले नख्खुखोर चित्रबाट
पश्मितर्फ चिहाउँदा कृष्ण सेनले देखेको
त्यो सुन्दर पितामह जस्तै लाग्ने चन्द्रगिरि
रहिनौ त्यस्तै अब चान्द्रगिरि ।

कङ्क्रिडका गोरेटाहरू नहुँदा
उपत्यकामा नशालु कन्याहरू भित्र्याउँदा
प्रयोग गरिएका बुटहरू पहिरिएर
उत्तर—दक्षिण गरिंदा ऐयासम्म नभनि
सहनगर्ने तिमी चन्द्रागिरि
रहिनौ अव चन्द्रागिरि ।

तिमीलाई उपयोग गर्न,
डाँडा—डाँडामा महादेव जन्माउँने
तिनै महादेबको आच्पानी छम्किएर
स्वर्गमा पदापर्ण गर्ने
उद्योगी र व्यापारीहरू मिलेर
नेता र कर्मचारीको नशा—नशामा
अकूत आम्दानीको कब्जा जमाएकाले
अब रहिनौ तिमी चन्द्रगिरि, त्यो चन्द्रगिरि ।

तिमी चन्द्रगिरिको अंगअंगमा
कोइली कुँहुँ गथ्र्यो
मयुरले प्वाख फिजाउँथ्यो
गिद्धहरू रुखको टुप्पामा बसेर
यि सबै दृश्यहरूलाई गिज्याउँथ्यो
बाघ, भालु, मृग र चितुवाहरू
रमाउँदै साँझको शिकार खोज्थे
मौरी र भ्रमराहरू रसमा रंग खोज्दै
गुन्गुनाउँथे र भुन्भुनाउँथे ।

रहिनौ अब कृष्ण सेनले तिमीलाई देखेको त्यो
सुन्दर चन्द्रगिरि ।

अहिलेसम्म त मद्राश र बनारशका
पाण्डाहरू गीताको ज्ञानलिन आउँछन्
आधुनिक चन्द्रगिरिमा
कुन्नी के हुने हो भोलि
कतै तिमीले बाइबल पुजारीहरूको भीड
थाम्नु पर्ने त होइन ?
कठै चन्द्रगिरि ।

 


Comments

comments