लिङ्गतीर्थ (त्रिवेणीस्थल)

  • 129
    Shares

चन्द्रागिरि नगरपालिका भित्रका अत्यन्त प्रख्यात धार्मिक स्थलहरुमध्ये चन्द्रागिरि नगर पालिका वडा नं ७ वाणस्थली स्थित त्रिवेणी स्थल पनि एक हो । यस धार्मिक स्थलमा हरेक कार्तिक शूक्ल पूर्णिमाको दिनमा मेला लाग्ने गरेको छ । मेलामा स्थानिय महादेवस्थान,थानकोट,वाडभन्ज्याङ्ग,दहचोक,वलम्वु मातातिर्थ तथा चन्द्रागिरि नगरपालिकाको लगभग सवै वडाको वासिन्दाहरु मेला भर्न आउने गरेका छन ।
स्थानीय श्रद्धालु भक्तजनहरुको अत्यन्त आस्थाको केन्द रहेको यस त्रिवेणीस्थल राजधानी काठमाण्डौंवाट करिव १० कि.मी पश्चिमा हालको चन्द्रागिरि नगरपालिकाको वडा नं ७ (वाणस्थलीमा) पर्दछ । राजधानीवासीहरु तथा अन्य आफना सवारी साधान भएका भक्तजनहरु यस त्रिवेणीस्थल सम्म आउनको लागी राम्रो सडक वाटोको व्यवस्था छ , सार्वजनिक यातायातवाट तीर्थस्थलमा आउन चाहाने भक्तजनहरु भने चन्दागिरि ७ को चेकपोष्ट इटाखेल र चन्द्रागिरि १ को सृजनाचोक सम्म आई त्यहांवाट थोरै पैदल यात्रा गर्नु पर्ने छ ।

स्कन्द पुराणको हिमवत्खण्डमा पर्ने नेपाल माहात्म्यमा उल्लेखित यस धार्मिकस्थलको प्रचार प्रशार अन्यन्त कम भएकोले यसको विकास निर्माण र धार्मिक महत्व कम भएको हो । यस पवित्र स्थलको यथोचित प्रचार प्रशार भएमा राजधानी लगायत यस भेगका सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाइ यस पावनस्थलको पवित्रता ग्रहण गर्न पाउने अवसर मिल्ने थियो । धार्मिक दृष्टिकोण अनुसार त्रिवेणीहरुको महत्व अत्यन्त ठुलो रहेको भेटिन्छ । नेपाल र भारतमा रहेका हरेक त्रिवेणीस्थलहरुमा विभिन्न पर्वहरुमा हजारौं श्रद्धालु भक्तजनहरु भेलाभई मेला लाग्ने गर्छ । त्रिवेणीस्थलहरुमा मेलाभर्नको लागि टाढा टाढावाट मानिसहरु महिनौ लगागर धार्मिक यात्रा गर्ने गरेको पाईन्छ । तिनवटा नदीहरु एक आपसमा मिल्ने ठाउलाई नै त्रिवेणी भनिन्छ । विभिन्न देशहरुमा यस्ता त्रिवेणी रहेका छन । भारतको प्रयागमा पवित्र तिन नदीहरु गंगा,जमुना र सरस्वती मिलेर पवित्र त्रिवेणी स्थल वनेको छ जहां नेपाल भारतका हजारौ धार्मिक भक्तजनहरु पुगेर धार्मिक अनुष्ठान गरि आनन्द लिन्छन । नेपालमै पनि उदयपुर,सुनसरी र नवलपरासी आदि जिल्लाहरुमा तिनवटा नदीहरुको जलप्रवाह मिसिएर त्रिवेणी स्थल वनेका छन । यस्ता पवित्र धार्मिक स्थलहरुमा नेपाल भारतका हजारौ भक्तजनहरु आउने गरेको छन ।
हाम्रो स्थानमा पनि पवित्र त्रिवेणीस्थल छ,जस्को धार्मिक तथा एैतिहांसिक महत्व अरु त्रिवेणीस्थलको भन्दा कम छैन । तर नजिकको तीर्थ हेला भने झै यो ओझेलमा परेको छ । हाम्रौ चन्द्रागिरि नगरपालिका वडा नं ७ को त्रिवेणीमा ३ पवित्र नदीहरु स्वर्णधारा (गयानदी गःखु) थानकोट शोणितपुरवाट वग्ने, शक्रदीप्ति अर्थात इन्द्रावती इन्द्रदहवाट वग्ने र भस्म गंगा( मान्खु खोलो ं) त्रिभुवन पार्क अर्थात चन्द्रागिरि पर्वतवाट वग्ने नदीहरु मिसिएको छ । जस्लाई धार्मिक ग्रन्थ नेपाल माहात्म्य हिमवत्खण्डमा लीङ्गतीर्थ भनेर चर्चा गरेको छ । यसैलाई स्थानीय भाषामा त्रिवेणीघाट भनिन्छ । हामी नेपालीहरु देवादी देव महादेव पशुपतिनाथको छत्रछायामा वसेका छौं हाम्रो वरिपरि धेरै धार्मिक प्रख्यात स्थानहरु रहेको पाइन्छ दहचोकमा इन्द्रदह,थानकोटमाचन्द्रविनायक,महालक्ष्मी मन्दिर,महादेवस्थानमा चन्दनभराटेश्वर महादेव,महांकाल भैरव,वन्देवी,अकलादेवी,ज्वालादेवी आदि जस्ता अत्यन्त महत्वपूर्ण धार्मिक स्थलहरु रहेका छन हामीले आफना स्थानमा भएका यस्ता मठमन्दिरहरुको महत्व वुझेका छैनौ तर हामी धार्मिक दृष्टिकोणले हाम्रा यस्ता मन्दिरभन्दा कम महत्व भएको मन्दिरहरुमा समय र पैसा खर्च गरि गरि जाने गरेका छौ ।

हाम्रो स्थानीय त्रिवेणी स्थलको धार्मिक तथा एैैतिहासिक पक्षको वारेमा जानकारीको लागि हामीले स्कन्द पुराणका विभिन्न खण्ड उपखण्ड मध्यको हिमवत्खण्डको अध्ययन गर्नु पर्ने हुन्छ । हिमवत्खण्ड अन्र्तगत नेपाल माहात्म्य रहेको छ, यसै माहत्म्यमा नेपालका डांडापाखा,नदीनालाहरु,गुफा,कुण्ड,शिवलिङ्ग आदिको वयान गरेको पाइन्छ । यसै खण्डमा हाम्रा पुर्खाहरुको चिन्तन मनन र विचारहरु समते भेटिन्छन । नेपाल माहात्म्यमा उल्लेख भए अनुसार हाम्रो आराध्यदेव पशुपतिनाथको योजनौं परिपरि पर्ने क्षेत्रलाई उत्तम शिवक्षेत्र भनेर उल्लेख गरेको पाईन्छ । यो त्रिवेणी स्थल पनि पवित्र शिव क्षेत्र अन्र्तगतको एक भाग हो शिव क्षेत्र पूर्वमा विकटेश्वर महालिङ्ग (सांगा) देखि पश्चिममा चन्दनभराटेश्वर महालिङ्ग (मदादेवस्थान) सम्म फैलिएको छ यसै क्षेत्र अन्र्तगत लिङ्गतीर्थ ( त्रिवेणी स्थल ) समेत पर्दछ ।
पुराणमा वर्णण भए अनुसार यस पवित्र क्षेत्रको दर्शन गरी स्नान गरेमा विभिन्न रोगव्याधी निको भई मनले सोचेको कुरो पुग्ने कुरा उल्लेख छ । पुराणमा वर्णित कथाको उल्लेख गर्ने हो भने आफना पापका कारणले कुष्ठरोगवाट पिडित पापी विरुपाक्ष आफनो पाप पखाली रोगव्याधीवाट छुटाकारा पाउन भौतारिएर हिडदै कोशी किनारा पुग्दछ । त्यस कोशी किनारमा सिद्धर्षि नेमुनी भेट हुन्छ र उनकै सल्लाहमा उक्त पापी विरुपाक्षले यस क्षेत्रका विभिन्न तीर्थ नदि दोभान त्रिवेणी संगमको यात्रा दर्शन स्नान गरि तीर्थयात्रा गर्दै हिडछन,तिर्थयात्राको क्रममा उनले मीनतीर्थ (मच्छेनारायण),मातातीर्थ हुदै चन्दन भराटेश्वर महादेवको दर्शन गरि तहांवाट पश्चिमको पहाड चन्दन गिरि (चन्द्रागिरि ) फेदीवाट प्रवाहित नदी भष्म गंगा (मान्खुखोलो ) मिसिएको पवित्र तीर्थस्थल लीङ्गतीर्थ त्रिवेणीमा आएर स्नान गरेको कारणले उस्को कुष्ठरोग निको भएको कुरो वर्णन छ । चन्द्रागिरि पर्वत जस्को चन्दन घोटेर माता पार्वतीले चन्द्रनभराटेश्वर महादेव शिवलिङ्गमा लेपन गरि नित्य भक्तिपुजा गरेकोले यस शिवलिङ्गलाई चन्दनभराटेश्वर भनि प्रख्यात भएको कुरो समेत सोही पुराणमा भेटिन्छ । माता पार्वतीले चन्दन घोटेको ठाउ भएकोले चन्दन घोटेको पाहाडलाई चन्दागिरि भनि नाम राखेको कुराहरु समेत अध्ययनको क्रमम भेटिन्छन । तसर्थ धार्मिक ग्रन्थ पूराणहरुको आधारमा पनि लीङ्गतीर्थ (त्रिवेणीस्थल)को मात्र होइन यस क्षेत्रकै महत्व अत्यन्न ठुलो छ ।
त्रिवेणी भनेको तिनवटा नदीहरुको संगमस्थल भएकोले साना ठूला जस्ता नदीहरु मिलेर वनेको त्रिवेणीमा स्नान गरे पनि धार्मिक रुपमा पाउने प्राप्ती एउटै हुन्छ । तसर्थ हामीले त्रिवेणमा स्नान गरेर जुन धार्मिक फल प्राप्त गर्न लाखौं खर्च गरेर टाढा टाढा गई राखेको छौं । टाडा टाडाको त्रिवेणीमा स्नान गरेर पाईने धार्मिक आनन्द र फल यहीको त्रिवेणीवाट पाईने भएकोले आफनो नजिकको धार्मिक क्षेत्रको महत्व वुझि यसकै प्रचार प्रशार गरि यसै स्थानमा पुजा,पाठ स्नान गरि पूण्य कमान सकिने देखिन्छ ।
यस त्रिवेणीस्थल यस क्षेत्रका मानिसहरुको अन्तिम दाहसंस्कार गर्ने पवित्रभूमि पनि हो पहिला पहिला यस क्षेत्रका मानिसहरु आफनो एरियाका मानिसहरुका अन्तिम दाहासंस्कार गर्न वाग्मती र विष्णुमतीको संगम टेकु दोभाना लाने गर्थे । उक्त स्थल विस्तारै फोहर भएको र यस एरियावाट टाढा भएकोले सो स्थानमा नलगि हाल यसै पवित्रस्थलमा यस भेगका मानिसहरुको अन्तिम दाह संसकार गर्ने गरेको छ ।

त्रिवेणीस्थलको चर्चा परिचर्चा गर्ने क्रममा यसको धार्मिक पक्ष एैतिहांसिक पक्ष लगायत भौतिक पक्षको चर्चा गर्न आवश्यक हुन्छ । धार्मिक रुपमा यस क्षेत्रको अत्यन्त महत्व भएकोले यस क्षेत्रमा विविध धार्मिक कार्यक्रमहरु पनि हुदै आएका छन । विभिन्न धार्मिक अनुस्ठानका कार्यहरु यस पावन स्थलमा नियमित हुने गरेको छ । लक्ष्यहोम श्रीमदभावगत सप्ताह,नवाहहरु यस स्थलमा भई राखेको छन। यस स्थलमा दशैमा नवरात्रीको यात्राक्रममा वरपरको धेरै भक्तजनहरु वाजागाजा सहित पुजाआजा गर्न आउछन ,हरेक सालको तिज, पञ्चमी आदि पर्वहरुमा मेला लाग्दछ ।

यस्तो पवित्र स्थल हाम्रो आफनो स्थानमा रहेको छ यसको संरक्षण,सम्र्वधन तथा प्रवद्धन गर्ने दायित्व पनि हामीमै आएको छ तसर्थ हामीले यसको चौतर्फी विकासमा ध्यान पुराउन आवश्यक छ आध्यामिक ,भौतिक लगायत विविध क्षेत्रको विकास भएमा मात्र यस क्षेत्रको विकास हुन्छ । भौतिक विकास तर्फको कुरो गर्ने हो भने यस स्थलमा वाटो,पुल,सत्तल,भवन आदिको निर्माण गर्न आवश्यक देखिन्छ खानेपानीको तथा विजुलीवत्तीको स्थायी व्यवस्था गरि त्यस स्थलको आधारभुत समस्या समाधान गर्नु पर्ने छ यस क्षेत्रको यस्था विविध कार्य गर्न स्थानीय त्रिवेणी धर्म संघ कटिवद्ध छ । हरेका वर्ष जस्तै यस वर्ष पनि कार्तिक शुल्क पूर्णिमा नजिक आउदै छ ,हिमवत्खण्डमा उल्खेख भयनुसार पूर्णिमाको दिनको तीसर्थस्नान सर्वश्रेष्ठ हो । यो वहुगुणित र फलदायी हुन्छ तसर्थ यस पावन अवसरमा उक्त स्थानभा लाग्ने मेलामा त्रिवेणी धर्म संघले सम्पूर्ण भक्तजनहरुमा हार्दिक निमन्त्रण गर्दे आएको छ । तसर्थ आज हामीले आफनो सनातन धर्मको संरक्षण गर्नको लागि विभिन्न धार्मिक अनुष्ठान गरेर हाम्रो धर्मको रक्षा गर्नु परेको छ, हामीले आफनो धर्मको रक्षा गरे धर्मले पनि हाम्रो रक्षा गर्दछ । धर्मो रक्षति रक्षिता ।
राजु श्रेष्ठ
चन्द्रागिरि नगर पालिका वडा नं ७

सन्र्दभ सामाग्रीहरु
१.महादेवस्थान गाउ विकास समिति एक परिचय
२.त्रिवेणी धारा – त्रिवेणी धर्म संघको मुखपत्र
३.त्रिवणी माहात्म्य २०५०
४.त्रिवेणी धर्म संघका अन्य लेख,प्रतिवेदनहरु


  • 129
    Shares

Comments

comments