अाफुलार्इ भोट गर्न सतुंगलकी सुजाना श्रेष्ठको अाग्रह

चन्द्रागिरि ।

विवाहित महिलाहरु बीचको सौन्दर्य प्रतियोगितालाई आफ्नो संस्थाकै महत्वपूर्ण प्रतियोगिताको रुपमा प्रस्तुत गर्दै आएको एएनपी मिडिया हाउस, ललितपुरले हरेक वर्षझैँ यस वर्ष पनि ‘मिसेस नेपाल आइकन–२०१७’ आयोजना गर्ने भएको छ ।

आयोजक एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार विवाहित महिलाहरुलाई चुलो चौकोमा सिमित नभई उनीहरुको दायरा विस्तार र समाजप्रतिको थप जिम्मेवारी बोधका लागि प्रोत्साहित गर्ने उद्येश्यले चौथो संस्करणको मिसेस नेपाल आइकन–२०१७ आयोजना गर्न लागिएको हो। प्रतियोगिताबाट विवाहित महिलाहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ  पुर्याउने विश्वास पनि उनले व्यक्त गरे । प्रतियोगितामा राजधानीका विभिन्न स्थानमा बस्दै आएका ३५ जना पेशाकर्मी तथा गृहिणी महिलाहरूको सहभागिता रहनेछ ।

यसैबीच चन्द्रागिरि नगरपालिका सतुंगल निवासी मिसेज नेपाल अाइकन सिजन ४ कि प्रतियोगी सुजाना श्रेष्ठले अाफुलार्इ भोट गर्न सबैसँग अाग्रह गरेकी छिन् । समाजशास्त्र विषयमा स्नानतकोत्तर उत्तीर्ण श्रेष्ठ हाल कानुन विषयमा स्नातक तहमा अध्ययनरत छिन् । एक सन्तानकी अामा सुजाना श्रेष्ठ पेशाले शिक्षिका हुन् । विवाहित महिलाले पनि घरपरिवारको साथ पाएमा समाजमा उदाहरणीय कार्य गर्न सक्छन् भन्ने अठोट सहित प्रतियोगितामा सहभागिता जनाएको धाराणा श्रेष्ठको रहेको छ ।

 मोबाइलको म्यासेज बक्समा एमएनअाइ स्पेस २३ लेखी ३५००५ मा पठाइ सुजानालार्इ भोट गर्न सकिनेछ ।

 

भिडियो हेराैँ ।