चन्द्रागिरि साकोसले रक्तदान कार्यक्रम अायोजना गर्ने

  • 20
    Shares

काठमाण्डाै, वैशाख ७ ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापनाको १६ औँ  वार्षिकोत्सवका अवसरमा शनिबार (बैशाख ९ गते) रक्तदान कार्यक्रम गर्ने भएको छ ।

गतवर्ष डिभिजन सहकारी कार्यलय काठमाण्डौबाट सबैभन्दा ठूलो रकम कारोबार गर्ने सहकारीका रूपमा सम्मानित यस संस्थाले विगत देखी नै स्थापना दिवसका अवसरमा विभिन्न विभिन्न सामाजीक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ ।

संस्थाको आफ्नै भवन प्राङ्गण थानकोट चेकपोष्टमा आयोजना गरिने रक्तदान कार्यक्रम बिहान ९ बजेदेखी दिउँसो १ बजेसम्म जारी रहनेछ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सार्वजनिक बिदाको दिन बिहान ८ देखी ११ बजेसम्म र अन्य दिन बिहान ८ देखी साँझ ८ बजेसम्म आफ्ना ९ हजार ५ सय बढि सक्रिय सदस्यहरू तथा अन्यमा सेवाग्राहीहरू समक्ष सेवा पुर्याउँदै आएको छ ।


  • 20
    Shares

Comments

comments