अभिलेख बचत तथा ऋण सहकारी संस्था लि.ले आजबाट नयां कार्यालयबाट सेवा कारोबार शुभारम्भ

चन्द्रागिरि न.पा.१२,बलम्वु अवस्थित अभिलेख बचत तथा ऋण सहकारी संस्था लि.ले आजबाट झन ब्यवस्थित हुँदैं बिधिवत रुपमा नयां कार्यालय भवनबाट दैनिक बिहानी सेवा सहित आफ्नो कारोबार शुभारम्भ गरिएको छ। सदस्यहरुलाई संस्थाको कारोबारमा अझ सहज अनि सुबिधा प्रदान होस् भन्ने उदेश्यका साथ उक्त संस्थाको कार्यालय गुर्जुधाराबाट अन्दाजी ५० मिटर दक्षिणतर्फ (यातायात ब्यवस्था कार्यालय जाने बाटोमा) सारिएको हो।
“बचत तथा ऋणलाई मात्र प्राथमिकतामा नराखी आफ्नो संस्थाको गुणस्तरिय सेवा सुबिधामा मुख्यत: ध्यान पुर्याई ग्राहकमुखी सेवा सुबिधा प्रदान गर्दै हामी अघि बढ्ने छौं” संस्थाका अध्यक्ष सत्यनारायण श्रेष्ठले बताउनु भयो, “सदस्यहरुको बिश्वास हाम्रो लागि सधैं प्रेरणाको स्रोत बनिरहने छ” उहांले थप्नु भयो।