आगामी आर्थिक वर्ष ०७७/७८को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन

१५ जेठ २०७७, बिहिवार
सुष्मिता बानिया,

आगामी आर्थिक वर्ष ०७७/७८को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजनमा सरकारले ल्याएका छूट र अवसरका कार्यक्रम पेश गर्दै :

-आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन
-नागढुंगा र सिद्बबाबामा सुरुङमार्ग अघि बढाइने
-मध्यपहाडी राजमार्गका १० नयाँ सहर विकास गर्न दुई अर्ब-
-महिला बालबालिका र जेष्ठ नागरिकका क्षेत्रमा १ अर्ब १४ करोड बजेट
-मेलम्ची खानेपानी आयोजनाको बजेट साढे ५ अर्ब
-वित्तीय क्षेत्रको नियमन खुकुलो पारिने, सहुलियतपूर्ण कर्जाको बिमामा ५० प्रतिशत अनुदान,कोरोना बीमा- सहुलियत दरमा कर्जा
-काठमाडौं-तराई मधेश द्रुतमार्गका लागि ८ अर्ब ९३ करोड
-महिला मन्त्रालयका लागि १ अर्ब १४ करोड, खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड
-कोरोनाको नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
-खानेपानीको बजेट विगतकै निरन्तरता
-थप रोजगारी सृजना गर्न बाणिज्य र विकास बैंकमार्फत सहुलियत ऋण उपलब्ध गराउने
-आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने
-काठमाडौंमा चार वटा उप–सहर निर्माण गरिने
-शिक्षा क्षेत्रको लागि सरकारले छुट्यायो १ खर्ब ७१ करोड
-कोरोनाको नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
-बीमाको दायरा बढाउन घुम्ती बीमा कार्यक्रम
-सहकारी संस्थाहरुलाई मर्जरमा जानमा प्रोत्साहनमूलक कार्यक्रम आउने
-सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने
-राष्ट्रसेवक कर्मचारीलाई देश दर्शन कार्यक्रम सञ्चालन
-साक्षर नेपाल सफल पार्न शिक्षामा बजेट बढ्यो, अनलाइन, रेडियो र टिभीबाट शैक्षिक सत्र पूरा गरिने
-३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने सरकारको घोषणा
-भौतिक तथा यातायात मन्त्रालयको लागि एक खर्ब ३८ अर्ब ८० करोड बजेट
-रेल सेवा सञ्चालनका लागि सरकारले ८ अर्ब बजेट विनियोजन गर्‍यो
-राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ६ अर्ब
-शहरी विकास मन्त्रालयका कार्यक्रम सञ्चालन गर्न ३७ अर्ब ८० करोड
-गरीब र विपन्न परिवारलाई विद्युत जडान निःशुल्क, ग्रामिण विद्युतीकरणका लागि ४ अर्ब बजेट
-प्रधानमन्त्री ओलीको जन्मथलो चुहानडाँडामा आन्तरिक विमानस्थल
-हवाइ क्षमता विस्तार र विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड बजेट
-चलिचत्र विकास बोर्डका लागि आवश्यक बजेट दिइने
-सुदूरपश्चिम प्रदेशमा जडीबुटी विकास विशेष कार्यक्रम
-आयात निरुत्साहित गरिने, पेय पदार्थको मापदण्ड तोकिने
-सशस्त्रका ३९ बोर्डर आउट पोष्ट थपिने, सेनाको बंकर टु ब्यारेकलाई निरन्तरता
-सरकारी कर्मचारीले घर बनाउन सहुलियत दरमा ऋण पाउने
-सांसद विकास कोषलाई ६ अर्ब ६० कराेड
-घाटामा गएका सार्वजनिक संस्थान बन्द गर्ने घोषणा
-पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने
-हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड विनियोजन
-कर्मचारीको तलब बढेन, सहुलियतपूर्ण ऋणको सुविधा
-अर्को वर्षदेखि नेपालमै फलाम खानी सञ्चालन गरिने
-आउँदो आर्थिक वर्षमा ८ खर्ब ७४ अर्ब राजस्व उठाइने
-छुटै साइबर सुरक्षा केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने
-सम्पूर्ण सरकारी कर्मचारीको सरकारले निः शुल्क कोरोना बीमा गर्ने
-मासिक १० युनिट विद्युत् खपत गरे निःशुल्क
-डिजेल, पेट्रोल तथा सुनमा भन्सार शुल्क बढ्यो
-कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती
-सुरक्षाकर्मीको पोशाक र खाद्यान्न स्वदेशमै उत्पादन गरिने
-विदेशमा अलपत्रलाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सिप सिकाइने
-वायुसेवा कम्पनीलाई पार्किङ शुल्क छुट, पूर्वाधार कर पनि मिनाहा
-शेयर बजारमा डिजिटल कारोबार हुने
-कोरोना फ्रन्टलाइनरबाहेक सबै सरकारी कर्मचारीको सबैखाले भत्ता बन्द
-सुन, मदिरा र सुर्तीको मूल्य भोलिदेखि नै बढ्ने
-भर्चुअल कक्षा र अनलाइन शिक्षाबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अघि बढाइने।