चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

काठमाडौं। चन्द्रागिरि केवलकारको साधारण सेयर किन्न पाइने भएको छ । केवलकार सञ्चालक चन्द्रागिरि हिल्सले १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले आइपिओ जारी गर्ने प्रस्ताबसहित पुस ३० गतेका लागि साधारणसभा बोलाएको छ । साधारणसभाले पारित गरेपछि सेयर निष्काशनको प्रक्रिया औपचारिकरुपमा अघि बढ्ने चन्द्रारिगि हिल्सका सञ्चालक चन्द्र ढकालले जानकारी दिए ।

‘हामीले चन्द्रागिरिलाई पनि पब्लिक कम्पनी बनाउने तयारी गरेका छौं, साधारणसभाले पारित गरेपछि साधारण सेयर निष्काशनको औपचारिक प्रक्रिया अघि बढ्छ,’ ढकालले क्लिकमाण्डूसँग भने ।

कम्पनीले साधारणसभामार्फत् प्रवन्धपत्र र नियमावलि संसोधन गरेर पूँजी १अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताब पनि गरेको छ । उक्त पुँजीको १० प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्न लागेको हो ।