जेठ २५ गतेसम्ममा कर विवरण तथा कर बुझाउनु पर्ने, नबुझाए जरिवाना

जेठ २०, काठमाडौं  । आन्तरिक राजस्व विभागले मंगलवार सूचना जारी गर्दै कर र कर विवरण बुझाउन भनेको छ ।

सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव दिएको हो  ।

सूचना बमोजिम व्यवसायीले जरिवानाबाट बच्न जेठ २५ गतेभित्रै कर तथा विवरण पेश गरिसक्नु पर्नेछ ।