देबदर्शन साकोसद्वारा मातातिर्थ बृद्वाआश्रममा खाध्यसामाग्री बितरण

काठमाडौ, असार १५ देबदर्शन सकोस् ले आफ्नो १२ औ स्थापन दिबसको उपलक्ष्यमा मातातिर्थ बृद्धआश्रममा आबश्यकभाडाकुडा र खाध्य सामाग्री बितरण गरेको छ ।

बृद्धआश्रम ब्यबस्थापन को समन्वयमा आश्रममा आबश्यक पर्ने किचेनका लागि चाहिने भाडाकुडा र खाध्यसामाग्री हरु तरकारी, दूध, पिठो ,आलु, प्याज ,नुन, तेल,मसला ,सेनिटाईजर ,साबुन लगायत ग्लोसरी सामाग्री बितरण गरेको छ ।आश्रममा विभिन्न समस्या बाट एक्लिएका १९ जना आमाहरू आश्रय लिईरहेका छन् ।

संस्थाले चन्द्रागिरि नगरपालिकाको कोरोना राहात कोषमा पनि गत महिना नगद रु १०१०००/(एकलाख एक हजार) सहयोग गरेको थियो।

सस्थाले बिगत बर्षहरुमाझै यस बर्ष पनि बृद्वाआश्रम लाई सहयोग गरेको हो सस्थाले बितिय कारोबार को अलावा सामाजिक उतरदायित्व अन्तरगत विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।

कोरोना भाईरस कोभिड १९ र यसको रोकथाम को लागि गरिएको बन्दाबन्दी ले आर्थिक लगायत सबै क्षेत्रलाई प्रभावित पारेको अबस्थामा पनि सस्थाले सामाजिक उतरदायित्व लाई प्राथमिकता मा राखेर काम गरिरहेको छ ।

बिगत का बर्षहरुमा वार्षिकउत्सब को उपलक्ष्यमा नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिता र रक्तदान कार्यक्रम सस्थाको आन्तरिक क्यलेन्डर अनुसार हुने गरेको भएतापनी यो बर्ष कोरोना भाईरस का कारण ती कार्यक्रमहरु स्थगित गरिएको र आगामी बर्ष हरुमा निरंतरता दिईने सस्थाका अध्यक्ष रामनारायण घिमिरेले बताए ।

देबदर्शन साकोसले कोरोना भाईरसको माहामारिबाट प्रभावित बनेका सदस्यहरुका लागि कर्जा शिर्षक अनुसार ब्याज छुट गर्नुका साथै दैनिक ज्यला मजदुरी र असङ्गठित क्षेत्रमा कार्यरत साच्चिकै समस्या मा परेका सदस्यहरुलाई राहत सहयोग गर्दै आईरहेको छ ।