देव दर्शन वचत तथा ऋण सहकारी सस्थाकाे नवाैं साधारणसभा भव्य र सव्य रूपमा समन्न ।

चन्द्रागिरि ।

सहकारी तथा गरिबी निवारण मन्त्री अम्विका वस्नेतले सहकारीमा देखिएकाे वेथिति चाडै हल हुने वताउनु भएकाे छ । राजधानीकाे चन्द्रागिरि स्थित देव दर्शन वचत तथा ऋण सहकारी सस्थाकाे नवाैं वाषिर्क साधारणसभा वाेल्दै सहकारी मन्त्री वस्नेतले नयाँ सहकारी एेन ल्याईने तयारी भइरहेकाेले विधेमान विकृतिहरू हटेर जाने वताउनु भएकाे हाे । उहाले सहकारी एेन संसद वाट पास भएर लालमाेहर लाग्न वाकी रहेकाे वाताउनु भयाे । मन्त्री वस्नेतले सहकारीकाे माध्यम वाट गरिबी अन्तय गर्न सकिने मूल्य र मान्यता रहेकाे वताउनु भयाे । कार्यत्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले स्थानीय स्तरमा सञ्चालित सहकारीहरूले गरिबी निवारणमा महत्वपुर्ण भुमिका खेल्ने वताउदै समृद्ध नगरपालिका वनाउन सहकारीहरूकाे साथ र सहयाेगकाे अपेक्षा नगरले गरेकाे धारणा राख्नु भयाे ।संस्थाका अध्यक्ष राम नारायण घिमिरेले संस्थाकाे मूल्य र मान्यतामा सहकारी जहिले पनि अडिक रहेर सदस्य केन्दित समुदायमा अाधारित संस्था वनाउनेमा जाेड दिनु भयाे । संस्थाले राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यत्तिहरूलाई पनि समानित गरेकाे छ । समानितहुनेहरूमा वरिष्ठ कलाकार दाेय नीर शाहा,हास्यकलाकार दिपक राज गिरी, महानगिरय प्रहरी अतिरिक्तका एअाईजी जय वहादुर चन्द , पुर्व राष्ट्रिय फुटबल खेलाडी रमेश वुढाथाेकी,राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीन राज कंडेललाई समान गरिएकाे थियो । देव दर्शन वचत तथा ऋण सहकारी सस्थाकाे वाषिर्कोत्सवकाे अवसरपारि उत्कृष्ट वचतकर्ता,उत्कृष्ट कर्मचारी र एसईईमा सर्बोकृष्ठ अकं ल्याउने साकुरा घिमिरे र संगुन केसीलाई नगद पांच हजार सहित समान गरिएकाे हाे । संस्थाले गाेला प्रथा दृारा अाठ जनालाई थाईल्यान टुर समेत पारेकाे छ ।संस्थाकाे गत अाव सम्ममा सेयर सदस्य संख्या १८ सय ६४ जना रहेका छन् । गत अाव सम्ममा संस्थाले कुलकाराेवार ५२ कराेड गरेकाे थियाे ।देव दर्शन वचत तथा ऋण सहकारी सस्थाकाे नवाैं साधारणसभा भव्य र सव्य रूपमा समन्न ।