देव दर्शन वचत तथा ऋण सहकारी संस्था संस्था बृहत रक्तदान कार्यक्रम सम्पन्न ।

काठमाडौं / २ असार, देव दर्शन वचत तथा ऋण सहकारी संस्था संस्था बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । संस्थाले अाफ्नाे काे दशाैं बार्षिक उत्सवको उपलक्ष्यमा तेस्रो खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे । देव दर्शनकाे प्राङ्गनमा रक्तदान कार्यक्रमकाे अायाेजना गरिएकाे संस्थाका मेनेजर प्रविन सिलवालले जानकारी दिए । रक्तदान कार्यक्रममा ९४ प्रिन्ट रगत सङ्कलन भएकाे छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र केन्द्रिय कार्यलयको प्राबिधिक सहयोग रहेको थियोे ।