यस्तो नयाँ ५ रूपैँयाको नयाँ नोट (तस्विर सहित)

चन्द्रागिरि ।

नेपाल राष्ट्र बैंकले साउन ३१ गते देखि रुपैयाँ ५ दरको नयाँ नोट चलनचल्तीमा ल्याइएको छ । रुपैयाँ ५ दरको २६ करोड थान नयाँ नोट डिजाइन छपाई तथा आपूर्ति गर्न सम्झौता भएको कम्पनी चाइना ब्याङ्कनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनबाट छपाई भई आएको संकेट नं. ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्मको नोट चलनचल्तीमा ल्याइएको हो ।बैंकले साविककै आकार तथा रंगमा तर साविकको  तलेजु भवानीको मन्दिरको चित्रको सट्टामा वि.सं.२०७२ सालको महाभूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र, साविकको याकहरुको चित्रको सट्टामावन्य याकको चित्र र साविकको सगरमाथा हिमालको चित्रको सट्टामा हुम्ला जिल्लाको लिमी क्षेत्रकोहिमालको चित्र राखी उक्त नोट चलनचल्तीमा
ल्याइएको छ ।

नोटको अग्र भागमा –
१. नोटको बायाँ तर्फ सगरमाथा हिमालको चित्र रहेको ।
२. नोटको बीच भागमा वि.सं. २०७२ सालको महाभूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र
रहेको ।
३. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
४. नोटको तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत रहेको ।
५. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा वि.सं. २०७३ लेखिएको ।

नोटको अग्र भागको बायाँ तर्फ साविकको सगरमाथा हिमालको चित्र रहेको छ । नोट अग्र भागको बीचमा राखिएको २०७२ सालको महाभूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र मार्फत भूकम्प सम्बन्धी जनचेतना जगाउन सहयोगी हुने, काष्ठमण्डप मन्दिर जस्तो राष्ट्रिय सम्पदाको महत्व बैंकनोट मार्फत झल्किने र पुनर्निर्माण कार्य गर्न समेत सहयोगी हुने
विश्वास बैंकको रहेको छ । नोटको तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत रहेको छ । साथै, नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा वि.सं. २०७३ लेखिएको छ ।

नोटको पृष्ठ भागमा ः–
१. नोटको माथिल्लो भागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको ।
२. नोटमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको ।
३. नोटको तल्लो भागमा अंग्रेजीमा RUPEES FIVE लेखिएको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा 2017 A.D लेखिएको ।
नयाँ नोटको पृष्ठ भागमा राखिएको याकको चित्र नेपालमा ३० वर्ष पछि हुम्ला जिल्लाको लिमी क्षेत्रमा देखिएको दुर्लभ तथा लोपोन्मुख वन्य याकको हो । दुर्लभ वन्य याक तथा याक पाइएको हिमालीको क्षेत्रको चित्र राख्दा दुर्लभ वन्यजन्तु सम्बन्धी जनचेतना भई  सोको संरक्षणमा समेत टेवा पुग्ने विश्वास बैंकको रहेको छ । उक्त नोट सम्बन्धी थप जानकारी सहित चलनचल्तीमा ल्याइएको सम्बन्धी सार्वजनिक सूचना यस बैंकको www.nrb.org.np मा समेत राखिएको छ ।