सदस्यलाई स्मार्ट वनाउँदै चन्द्रागिरी साकोस

काठमाडौं \ चन्द्रागिरी बचत तथा ऋण सहकारीका सदस्यले अव कुनै पनि कारोवारकालागि संस्थामा धाउनु नपर्ने भएको छ । सदस्यले घरमै वसी वसी आफ्नो मोवाइलवाटै आफुले चाहेको सेवावारे वुझ्न र कारोवार गर्न सक्ने भएका छन् । संस्थाले हाम्रो टेक्नोलोजीसंगको सहकार्यमा सदस्यहरुलाई मोवाइल वैंकिङ सर्भिस सुरु गरेको छ ।

संस्थाले एक कार्यक्रम गरी सदस्यहरुलाई सर्भिसका वारेमा जानकारी दिएको हो । कार्यक्रमको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सेवासंग सम्बन्धित जानकारी मुलक फ्लेक्स बोर्डमा हस्ताक्षर गरी कार्यक्रमको उद्घघाटन गरेका थिए । सेवा वारे हाम्रो टेक्नोलोजीका निर्देशक विष्णु महर्जनले सदस्यहरुलाई संस्थावाट उपलव्ध हुने एम सर्भिसवारे जानकारी गराएका थिए । उनले अव सदस्यहरुले व्यालेन्सको जानकारी, मिनी स्टेटमेण्ट, चेक अनुरोध र चेक रद्ध, नगद ट्रान्सफर, ऋणको जानकारी, एस एमएस सेवा, युटिलीटी बिल पेमेण्ट, कार्ड रहित एटिएम भुक्तानी लगाएत राष्ट्रिय हवाई टिकट सहितको सेवा लिन सकिने जानकारी गराए । यो सेवा लिन सदस्यले प्ले स्टोर वाट संस्थाको लोगो भएको एप्स डाउनलोड गरी सेवा लिन सक्ने वताएका छन् ।

१०० दिने आवधिक बचतको शुभारम्भ
संस्थाले चन्द्रागिरी एम सर्भिसका साथै एक सय दिने आवधिक बचत को पनि शुभारम्भ गरेको छ । छोटो समय मोटो प्रतिफल भन्ने नारा दिएको बचत योजनामा सदस्यहरुले भाग लिन सक्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले यस योजनामा सहभागी हुने सदस्यले न्यूनतम एक लाख रुपैंया देखि माथिको रकम एक सय दिनकालागि बचत गरेमा १२ प्रतिशत देखि १२ दशमलव २५ प्रतिशत सम्म व्याज पाउने जानकारी दिए । यो योजनामा भाग लिने सदस्यले चन्द्रागिरी एम सर्भिस निशुल्क पाउनेपनि उनले जानकार दिएका छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले सदस्यको आवश्यकतालाई मध्यनजर गरेर एम सर्भिस तथा बचत योजना ल्याएको वताए । उनले सदस्यहरु आधुनिक भैसकेकोले सदस्यको चाहना अनुसार मोवाइल सेवा उपलव्ध गराएकोले सवै सदस्यहरुले यो सेवा लिने विश्वास व्यक्त गरे । सञ्चालक शरद कुँवरले संस्थाको संक्षिप्त परिचय संगै एक हजार सदस्य रहेको जानकारी दिए । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाल, संस्थापक अध्यक्ष यादव हुमागाई, राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक मुकुन्दप्रसाद दहाल, हाम्रो टेक्नोलोजीका निर्देशक विष्णु महर्जन, तथा फिनासोल आई सोलुसन्सका प्रबन्ध निर्देशक रत्नकुमार गिरी लगायत सञ्चालक समिति, लेखा सुपरिपेक्षण समिति, विभिन्न उप समितिहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो ।