सहकारि ब्यबस्थापन सम्बन्धी प्राशिक्षण सम्पन्न

सहकारी ब्यबस्थापनमा देखा परेका समस्या र बद्ढो जोखिम कसरी न्युनिकरण गर्ने बिषयमा एक दिने तालिम सम्पन्न भएको छ | युगबाणी बचत तथा ऋण सहकारि द्वारा आयोजित एकदिने तालिममा सबल सहकारिबाट कसरी समुन्नत समाजको निर्माण गर्न सकिन्छ भन्ने बिषयमा प्राशिक्षकले जोड दिएका थिए |

नेफ्स्कुनको अगुवाइमा प्राशिक्षक नबकुमार अधिकारिले सहकारिका संचालक समितीका पदाधिकारी सहित झन्डै दुई दर्जन सहकारिकर्मीलाई तालिम प्रदान गरेका थिए | प्राशिक्षण कार्यक्रम सहकारिका शिक्षा उपसमितिका संयोजक करण थापाको सभापतित्वमा सम्पन्न भएको थियो |