सहकारीको एकीकृत पूँजिलाई लगानी गर्न सकिए आर्थिक समृद्धि ः प्रदेश सभामुख श्रेष्ठ

काठमाण्डौ १२ असोज
प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले सहकारीलाई उत्पादन र रोजगारीमा जोडेर आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकार गभ्रिर रहेको बताएका छन् ।

देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिको एघारौं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सभामुख श्रेष्ठले ३ नम्वर प्रदेशरले सहकारी ऐन पारित भईसकेको कारण कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकार गभ्रिर रहेको बताएका हुन् ।

सभामुख श्रेष्ठले सहकारीको माध्यवाट आयतलाई विस्थापन जर्दे कृर्षि,पर्यटन र उद्योगमा लगानी वृद्धि गर्न सकिए आर्थिक सबलिकरणमा जाने बताए । उनले भने देशको आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकार संगै मिलेर सहकारीले लगानी गर्न सक्छ,सरकार र निजि क्षेत्रको सहकार्य गरेर अगाडी वढ्न तयार छ ।

सरकारको तीन खम्वे अर्थ नितिलाई सहयोग गर्न र संघ संग बाझिएको कानुन संसोधन गरेर आर्थिक विकासका लक्ष्य संगै जोडेर अगाडी वढ्ने उनको भनाई छ ।

उनले फरक प्रसंगमा विकास वजेट कनिका छरेजस्तो गरि पैसा छर्दैमा विकास नहुने भन्दै दिगो विकासको लागि प्रदेश सरकार एक्सन अफ प्लानमा गईसकेको बताए। उनले अब तिव्र गतिमा विकासको अनुभूति जनताहरूले गर्न पाउँने दाबी गरे।

प्रदेश सभा सांसद बेली मायाँ घलेले प्रदेशको बिकास र समृद्धिको लागि सहकारिको भूमिका अपरिहार्य रहेको धारणा राख्दै सहकारी अभियानकै कारण समग्र महिलाहरुको ससक्तिकरणमा टेवा पुगेको बताईन ।

सांसद बेलीमायाँ घललेले सहकारीको एकीकृत पूँजीलाई उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए आर्थिक समृद्धि हासिल गर्न सकिनेमा उनको जोड थियो । उनले भनिन,‘चन्द्रागिरी नगरपालिकामा १४० को हाराहारीमा सहकारी रहेकाले कुन कुन संस्थाले सदस्यको हितमा काम गरिरहेका छन् त्यसको लेखाजोखा गर्नुपर्ने बेला आएको छ त्यसका लागि प्रदेश सरकार गभ्रिर छ ।

चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नुपर्ने बताए । मुलुक कृषि प्रधान भनिए पनि कुखुराको दाना बेल्जियम र फूल भारतबाट आयात गरि राख्नुपरेको उल्लेख गरे ।

सहकारीले ग्रामीण भेगका महिलाहरुको पुरुषमाथि भर पर्नुपर्ने अवस्थाको अन्त्य गरेको भन्दै आगामी दिनमा थप प्रभावकारी काम सहकारी क्षेत्रले गर्नुपर्ने उनले जोड दिए । सहकारी भनेको एकापसमा सहकार्य गर्ने माध्यम भएको र सबै मिलेपछि मात्रै देश निर्माण गर्न सकिने उनले प्रष्ट पारे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय सदस्य देवेन्द्र प्रधानले सरकारको प्राथमिकता सहकारीको विकास व्यवस्थापन र तीन खम्बे नीति अनुरूप कार्यान्वयनको चरणमा हुदा हुँदै पनि सोचे अनुरूप अगाडि वढ्न नसकेको वताए । उनले सफल नेतृत्व र क्षेमता वाटै सहकारी अभियानका अभियानकर्ताहरु मात्र समुदायको विकास उथानमा लाग्दै आएको प्रधानले बताए ।

सभामा संस्थाका अध्यक्ष रामनारायण घिमिरेले संस्थाले गत आवको अन्त्यसम्म ३ करोड ३७ लाख ५६ हजार ५ सय शेयर पूँजी, ६३ करोड ९० लाख ७२ हजार ५ सय ७४ पैसा बचत संकलन, ५६ करोड ३२ लाख ६ हजार ७ सय ऋण लगानी गरी ७३ करोड ३८ लाख ९८ हजार ५ सय ७० रुपँया कुल कारोबार गरेको बताए।

गत आवको नाफाबाट संस्थाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ। संस्थाले घरायसी, लघु, हायरपर्चेज, मुद्दती रसिद, व्यवसायिक र छोटो अवधिका लागि कर्जा लगानी गर्दै आएको छ।

संस्थाले आफ्नै सुविधासम्पन्न भवनबाट सदस्यहरुलाई वित्तीय तथा विभिन्न रेमिटान्स सेवाहरु प्रदान गर्दै आएको छ।

सभामा ७० वर्ष पुगेका ज्येष्ठ सदस्यलाई सम्मानपत्र, न्यानो कपडा, हिटर प्रदान गर्नुका साथै एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्राछात्रलाई देव दर्शन एक्सिलेन्स अवार्ड र आवधिक बचतकर्ता, उत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट व्यवसायी र खेलाडीलाई सम्मान समेत गरिएको थियो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, खेलकूद, स्वास्थ्य शिविर, भोजन ताथ भाँडाकुडा वितरण जस्ता कार्यक्रम गर्दै आएको छ ।