अदालतको आदेशदेखि सरकारी निकायबीचको समन्वय अभावमा सडक विस्तार कार्य प्रभावित

काठमाडौं, पुस ३०-चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो । विस्तार भइरहेका सडक दायाँबायाँका बासिन्दाले मुआब्जा नदिएसम्म काम गर्न नदिने बताएका छन् ।

सर्वोच्चले फैसला गरेको करिब चार महिना बित्दा पनि फैसलाको पूर्णपाठ तयार भएको छैन । जसले गर्दा सडक विस्तार आयोजनाले काम अघि बढाउन सकेको छैन । महान्यायाधिवक्ता कार्यालयले पनि के गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन ।

विस्तारित सडक दायाँबायाँका स्थानीय बासिन्दाले सामूहिक रूपमै मुआब्जाको माग चर्काउँदै लगेका छन् । ‘मुआब्जा पाइएपछि मात्रै भत्काउन दिने भनेर विस्तारको काम ठप्प पारिएको छ,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले भने । केही सडकमा भने काम अघि नबढाउने अदालतकै अन्तरिम आदेश रहेको उनले बताए ।

उपत्यकामा १० सडक र तीनवटा पुल विस्तार
काठमाडौं उपत्यकामा अहिले १० सडक र तीनवटा पुल विस्तारको काम भइरहेको छ । तीमध्ये एउटा सडकमा मात्र सडक विस्तारको काम भइरहेको छ । इमाडोल सिद्धिपुर–गोदावरी खोला–लुभु–लामाटार सडकमा मात्र काम भइरहेको केसीले बताए । अरनिको राजमार्गमा पर्ने धोबीखोला पुलमा काम भइरहेको छ ।

के छ सर्वोच्चको फैसलामा ?
मुआब्जा नपाई घर भत्काउन नपाउने तथा जग्गा अधिग्रहण गर्न नपाउने भन्दै सानु श्रेष्ठलगायत ४७ जनाले ९ माघ ०७३ मा सडक विस्तार कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । गत २ असोजमा न्यायाधीशहरू केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको इजलासले सो रिटको पक्षमा फैसला दिएको थियो । सर्वोच्चबाट फैसलाको पूर्णपाठ प्राप्त गर्न प्रयास गरे पनि व्यस्तताका कारण ढिलाइ भइरहेको जवाफ पाएको महान्यायाधिवक्ता कार्यालयकी सहन्यायाधिवक्ता रमादेवी पराजुलीले बताइन् । ‘पूर्णपाठको सम्बन्धमा सरकारी कार्यालयदेखि स्थानीय नागरिकले समेत चासो राखिरहेका छन्,’ उनले भनिन्, ‘तर, ढिलाइ भइरहेको छ ।’

ढिलाइका अन्य कारण
अदालतको फैसला र अन्तरिम आदेशबाहेक अन्य कारणले पनि सडक विस्तार रोकिएको छ । विद्युत् र टेलिफोनका पोल समयमा स्थानान्तर नहुनु, सडक विस्तार क्षेत्रभित्र परेका रूख कटानमा ढिलाइ हुनु, घर भत्काउने विषयमा पुरानो नापी र नयाँ नापीको विवाद निकाली घर भत्काउन नदिनु, खानेपानी र ढल ‘लिकेज’ भई सतहमा बग्नुलाई पनि सडक विस्तारको बाधक मानिएको छ ।

डेढ वर्षसम्म म्याद बढाउने तयारी
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेक्काको म्याद सकिएका कम्पनीलाई औचित्य र ढिलाइ हुनुको विभिन्न अवस्था हेरेर डेढ वर्षसम्मको म्याद थप गर्ने जानकारी दिएको छ । अधिकांश कम्पनीको आफ्नै बेवास्ताका कारणले भन्दा पनि अन्य समस्याका कारण भौतिक प्रगति हुन नसकेकाले म्याद थपिने आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले बताए ।

विस्तार भइरहेका सडकको प्रगति अवस्था
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक
चार खण्डमा विभाजन गरिएको यस सडकमा १२ वटा निर्माण कम्पनीले ०७२ देखि काम गरिरहेका छन् । पहिलो तीन खण्डको काम सम्पन्न हुनुपर्ने म्याद सकिसकेको छ । तर, अहिलेसम्मको प्रगति ३५ देखि ४० प्रतिशत मात्र छ । अन्तिम एक खण्डमा भने यही पुसमा काम सम्पन्न गर्ने म्याद सकिँदै छ । प्रगति ५० प्रतिशत छ । सडकको कुल लम्बाइ १२ दशमलव ४८० किलोमिटर हो ।

चाबहिल–जोरपाटी–बागमती–साँखु
चाबहिलदेखि साँखुसम्मको यस सडकलाई पाँच खण्डमा विभाजन गरी १२ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । चार खण्डमा ०७२ र एउटामा चालू आर्थिक वर्षदेखि काम थालिएको हो । अहिलेसम्म प्रत्येक खण्डमा न्यूनतम ५ र अधिकतम ४० प्रतिशत भौतिक प्रगति छ । साढे १२ किलोमिटर लम्बाइको यस सडकको केही खण्डको निर्माण अवधि सम्पन्न हुँदै छ भने केहीको ०७५ सम्ममा सम्पन्न गर्ने गरी दायित्व तोकिएको छ ,आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Chandragirinews rocky अदालतको आदेश र सरकारी निकायबीच समन्वय नहुँदा उपत्यकाको सडक विस्तार ठप्प किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य राष्ट्रिय लंकोट वडा सतुंगल    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirthaChandragirinews careerad अदालतको आदेश र सरकारी निकायबीच समन्वय नहुँदा उपत्यकाको सडक विस्तार ठप्प किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य राष्ट्रिय लंकोट वडा सतुंगल    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirthaChandragirinews jebsad अदालतको आदेश र सरकारी निकायबीच समन्वय नहुँदा उपत्यकाको सडक विस्तार ठप्प किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ ब्रेकिंग न्युज मछेगाउँ महादेव स्थान मातातिर्थ मुख्य राष्ट्रिय लंकोट वडा सतुंगल    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments