गृहमन्त्रीको आदेशमा थानकोटमा समातिए भारतबाट आएका शंकास्पद १० ट्रक

  • 248
    Shares

२ चैत, काठमाडौं । भारतबाट काठमाडौं आउँदै गरेका १० वटा ट्रक थानकोट नाकामा समातिएका छन् । शिलबन्दी अवस्थामा रहेका ती ट्रक राजस्व अनुसन्धान विभागमा बुझाइएको छ । ती ट्रकमा के रहेको छ भन्ने बाहिर खुलाइएको छैन ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादललाई ट्रकमा अवैध सामग्री काठमाडौं भित्रदै गरेको सूचना आएपछि शुक्रबार विहान ८ बजेदेखि प्रहरीले चेकजाँच गरी १० वटा ट्रक राजस्व अनुसन्धान विभागमा बुझाएको हो ।

ती ट्रकहरु सुनौली र रक्सौल नाका हुँदै काठमाडौं आएको हो । ती सबै ट्रकहरु पशुपति ट्रान्सपोर्टको रहेको स्रोतले बताएको छ ।

अनलाइन खबर


  • 248
    Shares

Comments

comments