घट्यो पेट्रोल र डिजेलको भाउ, पेट्रोल अब १ सय रूपैँया लिटर

  • 28
    Shares

चन्द्रागिरि।

नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल डिजेल र मट्टितेलको भाउ घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको हो। समायोजित भएको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता सीताराम पोखरेलले बताए।

अब पट्रोल प्रतिलिटर एकसय रुपैयाँमा पाइनेछ। यसअघि १ सय एक रुपैयाँ ५० पैसा प्रतिलिटर पर्दथ्यो। यस्तै डिजेल र मट्टितेल लिटरमा १ रुपैयाँ ५० रुपैयाँ सस्तो भएको छ। अब डिजेल र मट्टितेल ७६ रुपैयाँ प्रतिलिटरमा पाइनेछ। यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँ प्रतिलिटर पर्दथ्यो।

निगमले खाना पकाउने एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन। ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ ।

प्रववक्ता पोखरेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतीय आयल कर्पोरेसनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएका कारण पेट्रोलियम पदार्थको मूल्य घटाएको बताए।



  • 28
    Shares

Comments

comments