काठमाडौँ । नेपाली कांग्रेसका नेता बिनोद चौधरीको सतुङ्गलमा रहेको सिजी सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको खुलासा भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसको मुख्य वक्ता नै रहेका चौधरीको सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएको हो ।

उच्च अदालत पाटनले सिजीले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड रुपैयाँ असुल्न गत हप्ता आदेश दिएको छ । उच्च अदालत पाटनले बीमा समितिको निर्णय सदर गर्दै सिजीको किर्ते ठहर गरेको छ । आफै बीमा दाबी गर्ने र आफै बीमा भुक्तानी गर्ने अर्थात बीमा दाबी गर्ने सिजि इम्पेक्स, इओए र सिजि इलेक्ट्रोनिक्स विनोद चौधरीले नेतृत्व गरेको चौधरी समूहको पूर्ण स्वामित्वको कम्पनी हो भने दाबी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स चौधरीको झण्डै २७ प्रतिशत सेयर स्वामित्व भएको कम्पनी हो ।

एकै घरानाका दुई कम्पनीबीच बीमा दाबी र भुक्तानी गर्दा उसले नेपाली सर्भेयर नै खटाएर गलत सर्वेक्षण गरेको भन्दै सर्वेक्षक र अण्डरराइटरलाई ३/३ हजार जरिवाना समेत गरिएको छ । २०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयर र अण्डराइटरले अग्नि बीमा अन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए ।

सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो । अदालतले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि सिजिले किर्ते गरेको प्रमाणित भएको हो । सिजिले बढी दाबी लिएको प्रमाणित भएपछि अब २४ करोड रुपैयाँ युनाइटेड इनसुरेन्सलाई फिर्ता गर्नु पर्ने भएको छ । साभार : दैनिकी

Chandragirinews rocky सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर ब्रेकिंग न्युज मुख्य राष्ट्रिय सतुंगल संस्कृत    chandragiriChandragirinews careerad सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर ब्रेकिंग न्युज मुख्य राष्ट्रिय सतुंगल संस्कृत    chandragiriChandragirinews jebsad सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर ब्रेकिंग न्युज मुख्य राष्ट्रिय सतुंगल संस्कृत    chandragiriChandragirinews sano-sansar1 सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर ब्रेकिंग न्युज मुख्य राष्ट्रिय सतुंगल संस्कृत    chandragiriChandragirinews oracalray सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर ब्रेकिंग न्युज मुख्य राष्ट्रिय सतुंगल संस्कृत    chandragiriChandragirinews brightangel सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर ब्रेकिंग न्युज मुख्य राष्ट्रिय सतुंगल संस्कृत    chandragiri

Comments

comments