सिटी यातायातको बस मैतीदेवीमा दुर्घटना, १७ जना घाइते

  • 7
    Shares

काठमाडौं, पुस ११ – काठमाडौंको मैतीदेवीमा मंगलबार बिहानै भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । बिहान सवा ३ बजे बा २ ख ८७३३ नम्बरको सिटी यातायातको बस पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइतेको नर्भिक अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको सहायक प्रहरी निरिक्षक सहिद कृष्णा लामिछानेले जानकारी दिएका छन् ।

लामिछानेका अनुसार घाइते चारजनाको अवस्था गम्भीर छ । यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किँदा अनियन्त्रित भएर पल्टिएको हो ।
रिसेन्ट नेपाल




  • 7
    Shares

Comments

comments