अज्ञात व्यक्तिहरुद्वारा ट्याक्सीमा आगजनी

काठमाडौं । काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको प्रहरीले जनाएको छ । आगजनी पछि ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ ।

यसैबिच नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।