ए आइ स्कुललाई उपाधि

काठमाडौं – ए आइ सेकेन्डरी स्कुलले चन्द्रागिरी नगरपालिका नैकापमा सम्पन्न वेस्ट काठमाडौं इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा साइपाल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै ए आइले उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा ए आइले बाजी मारेको हो ।

ए आईका आयुस मैनाली, सुजन गौतम, सुप्रभात बस्नेत, सुनिल कुवँर र रवि गुरुङले गोल गरे । साइपालका पेमा दोर्जी लामा, सुजन तामाङ, चर्चित खड्का र राज कुमार तामाङले गोल गरे । सन्दिप रायले गोल गर्न सकेनन् ।

त्यसअघि निर्धारित समयमा ए आइका सुरज सिलवाल र सुजन गौतमले गोल गरे । साइपालका पेमा दोर्जी लामा र सुनिल कुवँरले गोल गरे ।