काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्ण गाेपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन्।
प्रधानमन्त्री ओलीले नेकपा नेता तथा काठमाडौ क्षेत्र नम्बर ९ का प्रतिनिधि सभा सांसद कृष्ण गाेपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्री श्रेष्ठलाई बागमती प्रदेश सदस्य हरिशरण थापाले फाेन मार्फत शुभकामना सन्देश दिएका छन् । थापा अबका सम्भावना बाेकेका युवा नेतामा पर्ने गर्छन ।
त्यसै गरि सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्।
लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, मन्त्रालयकाे जिम्मेवारी दिएकाे छ ।
यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालयकाे जिम्मेवारी भने संयम प्रधानमन्त्री केपी शर्मा अाेलीले लिदै ईश्वर पाेखरेललाई उपप्रधानमन्त्री तथा प्रधानमन्त्री तथा मन्त्री परिसदकाे कार्यालयकाे जिम्मेवारीमा राखेकाे छ । सुचि सहित