गुडिरहेको मोटरसाइकलमा आगो लाग्यो

काठमाडौं,पुस २१ – गुडिरहेको २२० सीसीको पल्सरमा अचानक आगो लागेको छ । काठमाडौंको पुरानो बसपार्क अगाडि बा ८३प ९२९८ नम्बरको २२० सीसीको पल्सरमा अचानक आगो लागेपछि दमकल आएर आगो निभाएको थियो ।

गुडिरहेको मोटरसाइकलबाट अचानक धुँवा आउन थालेपछि साइड लगाए लगत्तै ह्वारह्वारती आगो लागेको चालक राजेन्द्र कँडेलले बताए । आगो के कारणले लागेको हो भन्ने यकिन हुन सकेको छैन ।रीसेंत नेपाल