गुरुजुधारामा मोटरसाइकललाई ठक्कर दिएर फरार ,ज्यान गयो एक जनाको ।

अज्ञात गाडीले ठक्कर दिंदा चनपा- १२ गुरुजुधारामा आज बिहान एक जनाको ज्यान गएको छ ।

थानकोटबाट कलंकी जाँदै गरेको मोटर साईकललाई पहिचान भईनसकेको सवारी साधनले ठक्कर दिदा मो.सा चालक अर्जुन बहादुर के.सीको घटनास्थलमै मृत्यु भएको हो ।

पर्वत, कुलीपोखरी- १ घर भई हाल चन्द्रागिरि न.पा. वडा नं ७ बस्ने मृतक केसी छोरालाई बिद्यालय पुर्याउन कलंकी तर्फ जाँदै गर्दा अज्ञात सवारी साधनले ठक्कर दिएर भागेको महानगरीय प्रहरी बृतका प्रमुख डि.एस.पी घनश्याम श्रेष्ठले बताउनु भयो । श्रेष्ठले फरार सवारीलाई छिट्टै नियन्त्रणमा लिई अनुसन्धान गरिने पनि बताउनु भयो ।