गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु

काठमाडौ, ९ चैत । यातायात व्यवस्था कार्यालय सुकेधाराले चन्द्रागिरी नगरपालिका–१२ गर्जुधारामा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु गरेको छ ।

गर्जुधारामा शुक्रबार एक विशेष समारोहका साथ साना, मिनि तथा हेभी गाडीको सवारी चालक अनुमति पत्रको लागि लिइने प्रयोगात्मक परीक्षा सञ्चालनस्थल सुरु गरेको हो ।

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालीले ५ करोडभन्दा बढि लगानीमा परीक्षण केन्द्र तयार पारेको छ । यातायात व्यवस्था कार्यालयले राजधानीमा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले चक्रपथ भन्दा बाहिर ड्राइभिङ सेन्टर सञ्चालन गर्ने योजना बमोजिम सबै मापदण्ड पुरा गरेर सेन्टर सञ्चालनमा आएको हो ।

जापानी प्रविधिमा आधारित यो सेन्टर ४१ रोपनी क्षेत्रफलमा निर्माण भएको छ । कार्यक्रममा महानगनीय प्रहरी महाशाखाका प्रहरी प्रमुख डिआईजी सवेन्द्र खनालले राजधानीको यातायात व्यवस्थापनलाई सहज बनाउन ठूला सवजारीलाई दिउसोमा छट्टै पाकिङको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रदेश सदस्य बेलिमाया घलेले चन्द्रागिरीमा यातायातको ट्रायल आउनु समग्र चन्द्रागिरीको विकासमा कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

चन्द्रगिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बढ्दो सहरीकरण स“गै सडक पूर्वाधार दु्रत गतिमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । फरक प्रशंगमा राजधानी भित्रने र बाहीरने कलंकी नागढुङ्गा सडकका कारण आम नागरिकले सास्ती वेहोर्नु परेको बताउँदै उहाँले राज्यका अन्य निकाय हरुस“ग सडक बिस्तार कार्यलाई तिब्र गतिमा अघि बढाउन पहल भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिका संचालक तथा यातायात विज्ञ देबेन्द« प्रधानले आफुहरुले निसुल्क स्थान कार्यलय सवारीसाधनहरु ट्रायल परीक्षाको लागि सरकारलाई निःशुल्क प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रामनारायण घिमिरेले देशको बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न राज्य र निजी क्षेत्रको साझेदारीमा कार्यक्रमहरु आउन जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो सुबिधासम्पन्न ट्रायल सेन्टरमा प्रशिक्षर्थीहरुलाइ ट्रायलका निम्ती निसुल्क सेवा दिने जानकारी गराउनुभयो ।

अहिलेसम्म राजधानीमा चार स्थानमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सञ्चालनमा आएका भए पनि पश्चिमतर्फ गुर्जधारामा पहिलो पटक सुरु भएको हो ।