चन्द्रागिरि जस्तो ठाउँ मात्र वनाउन सके देश अब समृद्धिको यात्रामा लम्कने : प्रधानमन्त्री अाेली

काठमाडौं / ३१ असार,

आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गरेका हुन ।

सहभागी स्रष्टाहरुले स्थलगत अवलोकनपछि साहित्य सिर्जना गरेका छन ।

करिब ८ मिनेटमा लगाएर प्रधानमन्त्री ओलीले कविताको रचना गरेका गरेका हुन ।

प्रधानमन्त्री अाेलीले चन्द्रागिरिमा लेखेकाे कविता यस्ताे छ

प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि सवैले एक जुट भएर अगाडि वढ्ने समय अाएकाे वताएका हुन ।

उनले नेपाल वास्तवमा गरीब नभएर चन्द्रागिरि जस्तो ठाउँ मात्र वनाउन सके देश अब समृद्धिको यात्रामा लम्कने बताए ।

चन्द्रागिरिलाई पहिल्यै पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा त्यसो हुन नसके तापनि अब पर्यटकीय गन्तव्य बनेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका थिए।