तिनथानमा भेटियो नक्कली स्याम्पो र बीएमसी मसलाको फ्याक्ट्री

२७ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसरले चन्द्रागिरि १५ तिनथानमा रहेको ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा छापा मारेरकाे छ ।

भारतीय ब्राण्डको हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने नक्कली उद्योगमा छापा मारेर सञ्चालक बासु प्रसाद विडारी र उनकाे धर्मपत्नी ज्योती विडारीसहित कामदारलाई पक्राउ गरेको हो ।
परिसरका प्रमुख एसएसपी वसन्त लामाले काठमाडौं चन्द्रागिरि १५ तिनथानमा सञ्चालित ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा छापा मारेर ठूलो परिमाणमा स्याम्पो र मसला बरामद गरिएको बताए ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले साेयम अाफुनै पुग्गेर देखेपछि चकित परेका हुन ।

‘यहाँ मेसिन नै राखेर भारतीय ब्राण्डको नक्कली स्याम्पो र मसला बनाइँदो रहेछ’, ‘दुई जना घरधनी श्रीमान्–श्रीमती र थप दुई कामदारलाई नियन्त्रणमा लिएका छौं ।’थप अनुसन्धान भईरहेकाे छ ।

परिसरका डिएसपी होविन्द्र बोगटीले कराेडाै मूल्य बराबरको सामानहरु पनि बरामद भएको बताए । उनी दिन भरनै काममा व्यस्त रहेका वाेगटीले अवैध रूपमा सञ्चालित यस्तो जालाेलाई हटाउदै लगिने वताए ।

महानगरीय प्रहरी वृत्त थानकाेटका डिएसपी कुमार विक्रम थापा,चन्द्रागिरि नगरपालिका १५ का वडा अध्यक्ष उत्तम वहादुर राउत लगायतले समाजमा हुने अपराधीक गतिविधि विरूध खुलेर लाग्नु पर्ने वताए ।

नक्कली स्याम्पो र मसला उद्योग’ मा प्रहरी सिलबन्दी गरेकाे हाे ।
यसअघि प्रहरीले बालाजुमा रहेको नक्कली गुट्खा उद्योगमा पनि छापा मारेर मुद्दा चलाएको थियो ।

फोटो सौन्जय: रोसन दानी