धादिङका ट्रिपर चालकहरू धादिङको जिल्ला प्रशासन प्रमुख भागिरथी पान्डे र प्रहरी प्रमुख डम्बर बि.क सामु ११ बुदे माग बुझाए ।

धादिङ / ५ साउन

काठमाडौंमा दिउँसोको समयमा ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर चालकहरूले शनिवार पनि राजमार्गमा प्रदर्शन गरेका छन् ।

धादिङबाट उपत्यका लगाएतको ठाउमा निर्माण सामाग्री ढुवानी गर्ने टिपर चालकहरुले आफुहरुलाइ ट्राफिक , प्रशासन लगाएतले गर्ने व्यबहार र गाडी चलाउदा अन्य ब्यक्तिहरुबाट हुने दुव्र्यवहारका साथै अहिले नेपाल सरकारबाट उपत्यकामा राती मात्र टिपर चलाउन दिएको निर्देशन अव्यबहारिक भएको भएको भन्दै धादिङको ट्रिपर चालकहरु आन्दोलन सुरु गरेका हुन ।

उनिहरुले दुर्घटनाको प्रकृति हेरेर मात्र आफुहरु माथि कार्वाही हुनुपर्ने , अनावश्यक दुख दिन नहुने ,सम्पुर्ण क्रियाकलाप र कागज पत्र सहि हुदाहुदै पनि चालकलाइ गाली गर्ने अनावश्यक चौकीमा थुन्ने कार्य बन्द हुनु पर्ने , सबारी चलाउन आबस्यक कागज पत्र सहज सुलभ छिटोछरितो दिलाउने ब्यवस्था गरिनु पर्ने , राति मात्र सवारी चलाउनु पर्ने व्यवस्था गलत र अव्यवारिक भएकोले तत्काल खारेज हुनु पर्ने लगाएतको ११ बुदे माग राख्दै शुक्रबार देखि आफ्ना सवारी नचलाएर उनिहरु आन्दोलनमा उत्रेका हुन ।

७०० भन्दा बढी ट्रिपर धादिङको जुङेखोलामा नचलाइ राखेर धादिङको जिल्ला प्रशासन प्रमुख भागिरथी पान्डे र प्रहरी प्रमुख डम्बर बि.क सामु ११ बुदे माग बुझाएका छन ।

टिपरले दिउसोमा दुर्घटना बढाएको भन्दै सरकारले १ गते देखि बेलुकी ८ बजे बाट बिहान ५ बजे सम्म मात्र उपत्यका प्रवेश गर्न पाउने नियम बनाए पछि उनिहरु विभिन्न माग राख्दै आन्दोलित भएका हुन ।

अन्य सवारी साधनजस्तै प्रक्रिया पुर्‍याएर दर्ता भएका ट्रिपरलाई रातिमा मात्र चलाउन दिनु न्यायसंगत नभएकाले आन्दोलनमा उत्रिएको सवारी चालक समाजका अध्यक्ष नारायणप्रसाद पन्तले बताए ।

‘कि ट्रिपर प्रतिबन्ध गर्नुपर्‍यो, होइन भने रातिमा मात्र चलाउने गरी नियम ल्याउन पाइदैन’ उनले भने । काठमाडौं उपत्यका छिर्ने ट्रिपरले दुर्घटना बढाएको भन्दै स्थानीय प्रशासनले साउन १ देखि राति ८ बजेपछि मात्रै ट्रिपर चल्न पाउने नियम लगाएको छ ।