धुवाँ-धुलोको कारण कलन्की चोक देखि सोल्टीमोड सम्म बाटो अनिश्चितकालीन बन्द

काठमाडौं । अत्याधिक प्रदुषण बढेको भन्दै काठमाडौंको कलंकीका स्थानीयले बाटो अवरुद्ध गराएका छन् । सडकमा धुलो बढेर स्वास्थ्यमा असर गरेको भन्दै उनीहरुले बिहिबार बिहानै देखि सडक अवरुद्ध गरेर आन्दोलन गरेका हुन् ।

आन्दोलनका कारण कालीमाटी कलंकी सडक खण्ड पुरै अवरुद्ध भएको छ । सो क्षेत्रका पसलहरु समेत बन्द गरेर व्यवसायीहरुले समेत आन्दोलनमा सहभागीता जनाएका छन् ।

फोटो सौन्जय: नाइँल ओप्तिकल कलंकी