नागढुङ्गावाट फेरि ६ किलाे सुन सहित एक प्रक्राउ ।

राेसन दानी

१७ असार, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६ किलाे सुन सहित एक जना लाई प्रक्राउ गरेकाे छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख केशव राज भट्टकाे टाेलीले ६ किलो अवैध सुनसहित एक जना लाई प्रक्राउ गरेकाे हाे । विशेष सूचनाको आधारमा बेलुका ६:४५ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । नियमित चेकजाँचको क्रममा सुन भेटिएको प्रहरीले जनाएको छ । चीनको केरुङ नाका रसुवा बाट मोटरसाइकलमा ल्याउँदै गरेको सुन प्रहरीले फेला पारेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङ्गालले शनिबार ३ किलोसुनसहित ५ जनालाई पक्राउ गरेको थियो ।