नागढुङ्गा नाकामा ३ किलाे सुन सहित दुई प्रकाउ ।

राेसन दानी
असार १६

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिवार नागढुङ्गा नाकामा ३ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालीका २ नागढुङ्गाबाट ३ किलो सुन नियन्त्रणमा लिएको हाे ।

सुनसँगै जिल्ला चम्पावत वडा नम्वर ३ वस्ने वर्ष १९ काे दिपक कुमार माैर्य भारतिय नागरिक ,जिल्ला महेन्द्र नगर भिमदत्त नगरपालिका वडा नम्बर ६ वस्ने २३ काे मनाेज विक सहित २ जना पक्राउ परेका छन् ।

काठमाडौं वाट भारत तर्फ सुन लाने क्रममा नागढुङ्गा प्रहरी प्रभागकाे प्रमुख केशव राज भट्ट नेतृत्वकाे टाेलीले ३ केजि सुन सहित उनिहरूलाई नियन्त्रण गरिएकाे महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक नवरत्न पाैडेलले वताए ।

उनीहरुले भारतीय मारूती सुजुकी अल्ट्राे युके – 02-4684 काे गाडीकाे एयरफिल्टरमा लुकाईछिपाई लादै गर्दा ३ केजि सुन वरामद गरिएकाे महानगरीय प्रहरी प्रभागका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।

उत्त गाडी पटक पटक सुन तस्करी प्रयाेग भई भारत निकासी भइसकेको हुन सक्ने प्रहरीकाे आशंका छ ।

संगठित अपराधका रुपमा सुन तस्करी भएको प्रहरीको भनाइ छ ।
वरामद सुन र सुन तस्करलाई नागढुङ्गावाट महानगरीय प्रहरी वृत्तमा थप अनुसन्धानकाे लागि पठाईएकाे छ ।