पेट्रोलियम पदार्थमा एक/एक रुपैया र खाना पकाउने ग्यासमा २५ रुपैया मुल्यबृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य बृद्धि गरेको छ। आयल निगम सञ्चालक समितिको वैठकले आज राती १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको हो । निगमका अनुसार तीनवटै पेट्रोलियम पदार्थमा प्रति लिटर १/१ रुपैयाँ मूल्य बढाईएको छ । अन्र्तराष्ट्रिय मुल्यसंग समायोजन गर्नका लागि मुल्य बढाईएको निगमको भनाई छ । मुल्य बढेपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २ पुगेको छ भने डिजेटल र मट्टितेलको प्रतिलिटर ७९ रुपैयाँ पुगेको छ। त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ । मुल्य बृद्धिपछि खाना पकाउने ग्यास एक सिलिण्डरको मुल्य १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ ।