पेरिषडाँडा बचाउँ अभियानलाई प्रचण्ड भने कसैले चाहेर पेरिषडाँडा वेचिदैन ।

काठमाण्डौं।

रोशन दानी, मजदुर शहीद स्मृती उपभोक्ता सहकारी संस्था लि.ले २०६८ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यालयबाट लिएको ऋण रु. ५ करोड समयमै भुक्तानी नगर्दा सृजित विवाद चरम विन्दुमा चुलिएको छ ।
अखिल नेपाल टेड यूनियन महासंघ अन्र्तगतका सवै पेशागत घटकका केन्द्रीय समितिका उपत्यकामा उपलब्ध पदाधिकारीहरुको संयुक्त बैठक बसीे पेरिषडाँडा बचाऊ अभियानका अन्तर्गत २१ आना पेरिषडाँडाको जग्गा कुन पनि हालतमा वेच्न नदिने मजदुरहरूले वताएका हुन ।

पटक पटक महासंघका उपाध्यक्ष उषा देवकोटा, धनबहादुर वि.क. को उपस्थितिमा पेरिषडाँडाको जग्गा बेच विखन गरि युवा स्वरोजगार लगायतको ऋण तिर्न पर्छ भनि पेरिषडाँडा बेच्ने अभियान चलाएको केही दिन पश्चात महासंघकै दोस्रो पुस्ताका नेता कार्यकर्ताहरुले पेरिषडाँडा बेच्ने अभियान प्रति खरवदारी गर्दै पेरिषडाँडा बचाउ अभियान संचालन गर्दै आएका थिए ।

मजदुर शहीद स्मृती उपभोक्ता सहकारी संस्था लि.ले २०६८ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यालयबाट लिएको ऋण रु. ५ करोड समयमै भुक्तानी नगर्दा उक्त सहकारीका अध्यक्ष तथा अखिल नेपाल टे«ड यूनियन महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष उषा देवकोटा र धनबहादुर वि.क.ले अखिल नेपाल ट्रेड युनियन महासंघको पेरिषडाँडामा कार्यालय सँगै जोडिएको २१ आना जग्गा बेच्ने प्रक्रिया अगाडि बढाए पछि त्यसको विरोधमा पेरिषडाँडा बचाउ अभियान संचालन गरिएकोे थियो ।

अखिल नेपाल टे«ड यूनियन महासंघका करिव २७३ कार्यकर्ताहरुलाई विभिन्न समूहमा बर्गिकरण गरि अध्यक्ष गणेश रेग्मीले गु्रप लिडर बनाई कार्यकर्ताहरुलाई मेरो समूहको गु्रप लिडर को हो भन्ने सम्म पनि जानकारी नदिई वितरण गरिएको युवा स्वरोजगार कोषको रकम गु्रप लिडरहरुले आफ्नो योजनामा खर्च गरेको र सहकारीले त्यसको अनुगमन तथा नियन्त्रण गर्न नसक्दा यति धेरै कार्यकर्ताहरु जसले पैशा देखेनन, अखिल नेपाल टे«ड यूनियन महासंघका तत्कालिन अध्यक्ष तथा महासचिव एवम् सहकारीका अध्यक्ष गणेश रेग्मीको विश्वास गरे र ऋण पत्रमा हस्ताक्षेर गरे, आफ्नो नागरिकता बुझाए तिनै कार्यकर्ताहरुको तिन पुस्ते सहितको नाम कालो सूचिमा प्रकाशनको तयारीमा छ । तसर्थ एकमुष्ठ रकम बुझी लगानी गर्ने गु्रप लिडरहरुलाई कारवाहीको दायरामा ल्याई, उनीहरुको चल अचल सम्पत्तिबाट असुल उपर गरी पैशा नबुझ्ने र योजनामा सहभागी नहुने दर्जर्नौ कार्यकर्ताहरुको नाम कालोसूचिमा प्रकाशन हुनबाट रोक्नको लागि नेकपाका अध्यक्ष प्रचण्डले यसरी ठूलो रकम हिनामिना भएको देखिए पछि ट्रेड युनियनका पदाधिकारीहरूलाई खुमलटार स्थित आफ्नै निवासमा वोलाई पेरिषडाँडा वचाउ अभियानलाई धन्यवाद दिदै जग्गा नवेच्ने,वैङ्गमा रहेको ऋण पाटीले जिम्मा लिने र युवा स्वरोजगारवाट लिएर हिनामिना गरेको ५ करोड २९ लाख सम्वनधीत गु्रप लिडर सांयमले तिर्र्ने र
निर्दाेष २७३ जना मजदुरलाई कालसुचीमा नराख्न पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लि. ले स्वरोजगार कोषको ऋण प्रवाहा गर्दा २५–२५ जनाको समुह बनाई समूहका प्रमुखको नाममा ऋण प्रवाहा गरेको थियो । यसरी बनेका समूह प्रमुख हरुले समयमा नै सहकारीमा बुझाउनु पर्ने साँवा तथा व्याज भुक्तानी नगर्दा झण्डै २७३ भन्दा बढि महासंघका सदस्यहरु कालो सूचिका पखाईमा बसिरहेका छन् ।

सहकारीले संचालन गरेको खाद्यान्न पशलबाट कार्यकर्ताहरुलाई खाद्य सामाग्रीहरु उधारोमा विक्री गर्ने गरेको र समयमै उधारो उठाउन उचित पहल नगरी पटक–पटक उधारो दिईरहेकाले आज सहकारी टाट पल्टने अवस्थामा पुगेको हो ।
यसरी सहकारीको खाद्यन्न पशलबाट दाल, चामल, नुन, तेल लगायतका खाद्य सामाग्रीहरु उधारो लैजाने र नतिर्नेहरुमा अखिल नेपाल टे«ड यूनियन महासंघका उपाध्यक्ष धन बहादुर वि.क. नै छन , उनको स्वरोजगार कोषको झण्डै ४० लाख र खाद्यान्न पसलको ९ लाख २८ हजार ३५७ रुपैयाँ र त्यसको हाल सम्मको साँवा तथा व्याज रकम बाँकी देखिन्छ ।

त्यसैगरी अर्का उपाध्यक्ष उषा देवकोटाको नाममा युवा स्वरोजगार कोषको झण्डै ६८ लाख र उनका सहोदर भाई जीवन देवकोटाका नाममा ७० लाख ४४ हजार भन्दा बढि रकम तथा त्यसको हाल सम्मको व्याज रकम बाँकी छ । महासंघका पुर्व उपाध्यक्ष बाबुराम गौतमको नाममा स्वरोजगार कोषको जम्मा ४५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिन्छ ।
यसैगरी महासंघका केन्द्रीय सदस्य टिका प्रसाईको झण्डै २१ लख रुपैयाँ तथा त्यसको व्याज रकम भुक्तानी हुन बाँकी छ ।

त्यसैगरी अखिल नेपाल होटल मजदुर संघका उपाध्यक्ष कुमार पन्तको नाममा खाद्यान्न पसलको ३ लाख ७४ हजार ८७ रुपैयाँ र स्वरोजगार कोषको झण्डै ९ लाख र त्यसको ब्याज रकम बाँकी देखिन्छ ।
अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष भूमबहादुर रेग्मीको खाद्यान्न पसलको २ लाख ९ हजार ३६ र स्वरोजगार कोषको झण्डै १ लाख तथा त्यसको हालसम्मको व्याज रुपैयाँको ऋणी छन् ।

यसैगरी सुधिर बस्नेत ५ लाख ६७ हजार ९९२, खड्ग भण्डारी,४ लाख १६ हजार, डम्बर रानामगर १ लाख ५४ हजार ४३, अमृत लामा १ लाख २३ हजार ८७७, चन्द्र तितुङ १ लाख १२ हजार ९८, हर्क बोहरा १ लाख ४ हजार ५७८, शिव प्रसाद पौडेल ३ हजार १२७, लोकमणी खतिवडा ६४ हजार १३२, गौरव रेग्मी (अध्यक्ष गणेश रेग्मीका छोरा) ६३ हजार ४५२, नारायण बस्नेत ६४ हजार १३२, गोमा लामा ४ हजार ४८३, प्रविण लामा ३६ हजार ७४६, गिता न्यौपाने १९ हजार ४१५ र घनश्याम ठकुरी (हाल महासंघका कोषाध्यक्ष) १४ हजार ७२६ रुपैया बाँकी तिर्नु पर्ने देखिन्छ ।