फेरि टिपरले सोल्टीमोडमा एकजनाको ज्यान लियो

काठमाडौं । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राजधानीको सोल्टीमोडमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवारको ज्यान गएको हो ।

टिपर दुर्घटना हुने क्रम बढ्दै गएपछि सरकारले दिउसो टिपर चलाउन रोक लगाएको थियो । ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा अनुजा घिमिरेको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार मोटरसाइकल चालक अनुज घिमिरे सामान्य घााइते भएका छन् । मोटरसाइकल पछाडि बसेका अनुजाको उपचारका क्रममा मृत्यु भएको छ ।