राँगो अाक्रमण परि घाइते भएका श्रेष्ठको निधन

गत शनिबार बिहान चन्द्रागिरि नगरपालिकामा राँगो अाक्रमण परि गम्भिर घाइते भएका च.न.पा. ०५ अाकाशटोल निवासी कान्छा श्रेष्ठको मंगलबार निधन भएको छ । चन्द्रागिरि ७ स्थित प्रभात मा.वि. नजिकैको सडकमा शनिबार बिहान राँगोले श्रेष्ठलार्इ हान्दा उनी गम्भिर घाइते भएका थिए । उपचार क्रममा उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा निधन भएको हो । चिकित्सकहरूका अनुसार राँगो अाक्रमणमा परि घाइते भएका श्रेष्ठको मस्तिष्कमा गम्भिर चोट पुगेको थियो ।मृतक श्रेष्ठ चन्द्रागिरि नगरपालिकाका कर्मचारी हुन् ।

सोही राँगोको आक्रमणबाट शनिबार बिहान मच्छेगाउँस्थित स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको थियो । राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोटको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो । थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरीले बताएको थियो ।