ललितपुरको कुपन्डोलमा बम विस्फोट

प्रहरी टोली घटनास्थलमा – जनकराज सापकोटा, ललितपुर -कुपन्डोलमा रहेको यूएन पार्क नजिक शुक्रबार साँझ बम विस्फोट भएको छ । आतंक फैलाउनलाई अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटबाट मानवीय क्षति भएको छैन । घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली परिचालन भइसकेको जनाइएको छ ।