विवेकशील साझा पार्टी फुट्यो

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । यसअघि रबिन्द्र मिश्र र उज्वल थापाको संयुक्त नेतृत्वमा रहेको पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएपछि पार्टी फुटमा पुगेको हो ।

पार्टीको उज्वल थापा समूहका १६ सदस्यले विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत रहेका छन्।पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

उज्वल थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ।

उज्वल थापाले नेतृत्व गरिरहेको ‘विवेकशील नेपाली’ र रविन्द्र मिश्रले नेतृत्व गरेको ‘साझा पार्टी’ एकिकरण भई गतवर्ष विवेकशील साझा पार्टी निर्माण भएको थियो।