स्थानियले गरे चन्द्रगिरिमा सडक अवरोध

बाटो चाँडो नबनाईको र धुलको समस्याले निकै समस्या भएको भन्दै कलंकी नागढुंगा सडक खण्ड स्थानीयहरूले सडक अवरूद्ध पार्दै विरोध प्रर्दशन गरेका छन् । चन्द्रगिरि स्थित कंलकी नागढुंगा सडक खण्ड अर्न्तगत विधुत प्राधिकरण गेट नजिक स्थानीयवासीको अवरोधका कारण कलंकी नागढुंगा सडक अवरूद्ध भएको हो ।

लामो समय सम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धूलो, धुवाँ र हिलोको मारमा परेका स्थानीयले करिब दुई घण्टा सडक अवरूद्ध गरेका हुन् । सडक बनाउने ठेकेदारको लापरवाही र सडकमा पानी समेत नहालेको भन्दै स्थानियहले सडकमा ड्रम, वोतल र ढुङगा राखेरै सडक अवरोध गरेपछि स्थानिय र सुरक्षाकर्मी बिच केहि बेर विवाद समेत भएको थियो ।

महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख शकंर खड्काले स्थानीयबासीले सडक अवरूद्ध गर्दा सडक जाम भए पछि प्रहरीले संमन्वयन गरी सडक खुलाएको बताए । नागढुंगा कलंकी सडकमा अवरोध हुँदा त्रिभुवन राजपथ समेत सवारी आवागमनमा समस्या देखिएको थियो । राजधानी भित्रिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक समयमै निर्माण सम्पन्न नहुँदा उपत्यका बाहिरिने र भित्रिने सबै सवारी साधन जाममा पर्ने गरेका छन् । १२ मिटर चौडाइसहित ४ लेनको सडक निर्माण गर्ने भनिए पनि अहिले दुई तर्फी सवारी साधन नै एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत करिब साढे १२ किलोमिटर सडक निर्माण कार्यमा हालसम्म १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार खर्च भइसकेको छ । २०७१ सालबाट निर्माण सुरू गरिएको कलंकी–नागढुंगा सडक साढे दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो ।

तर, ठेकेदारको लापरवाहीका कारण चार वर्ष बिति सक्दा पनि सडक निर्माण हुन सकेको छैन । कतिपय स्थानमा मुआब्जाका कारण पनि सडक विस्तार हुन सकिरहेको छैन ।