भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

भरतपुर । चितवनस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ । विस्फोटका कारण भाटभटेनीकाे भवनका अगाडिपट्टका शिशा फुटेर तहसनहि भएका छन् ।

बिहान साढे ३ बजेतिर मोटरसाइकलमा आएका दुईजनाकाे समूहले ग्रिनेट बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जनाएका छन् । उनीहरु विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता भएको बताइएको छ ।

‘बम पड्काउनेको पहिचान भइसकेको छ । उनीहरुको खोजीकार्य तीव्र पारिएको छ,’ थापाले भने । उनीहरुको पहिचान सीसी टिभी क्यामेराबाट भएको प्रहरी हाे ।

विप्लव नेतृत्वकाे नेकपाले अाज नेपाल बन्द गरेकाे छ । बन्दकाे प्रभाव देशका विभिन्न भागमा देखिएकाे छ । बिहानैदेखि ताेडफाेड, बम विस्फाेट र अागजनीका घटना भइरहेका छन् ।न्युज २४