चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या तिन सय नाघ्यो

७ असोज, काठमाडौं ।पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा १५ जना कोरोना संक्रमित भेटिएका छन् । चन्द्रागिरि नगरपालिकाका सूचना अनुसार
च.न.पा वडा ५ मा २ जना,
च.न.पा वडा ७ मा १ जना,
च.न.पा वडा ८ मा २ जना,
च.न.पा वडा ९ मा १ जना,
च.न.पा वडा १२ मा २ जना,
च.न.पा वडा १३ मा १ जना,
च.न.पा वडा १४ मा ६ जना
गरि चन्द्रागिरि नगरपालिकामा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ३३० पुगेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जन अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या ३३०पुगेको हो।

संक्रमण पुष्टि भएकामध्ये २२२जना निको भएका छन् भने ४१ जना अस्पतालमा र घरमा ६६ जना उपचार भइरहेको छन् ।

साथै संक्रमण पुष्टि भएकामध्ये  २२२ जना पुरुष, १११ जना महिला र ६ जना बालबालिका रहेको छन्।

साथै चन्द्रागिरि नगरपालिकामा मृत्युको संख्या ४ पुगेको छ ।