दहचाेक सृजना चोकमा खुल्यो पहिलो अत्याधुनिक चन्द्रागिरी डिपार्टमेन्ट स्टोर

काठमाडौं, २५ असोज । काठमाडौंको चन्द्रागिरी १ दहचोक सृजना चोकमा नयाँ डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको छ ।
 एक कार्यक्रमका बिच चन्द्रागिरी नगरपालिकामा नगरकै पहिलो सुविधा सम्पन्न चन्द्रागिरी डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको हो ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र राष्ट्रिय कलाकार दिपक राज गिरीले रिवन काटेर र पानमा दिप प्रजोलन गरेरे उक्त अत्याधुनिक डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको छ ।            कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले यस्ता व्यापारीक स्टोरहरू सञ्चालनले आधुनिक बजारीकरण हुने र  व्यवस्थित तवरले सञ्चालनमा आउने स्टोरहरूबाट आम उपभोक्ताहरूलाई सहज हुने बताए ।
आधुनिक शहरमा व्यवस्थित र मर्यादित तबरले सञ्चालनमा आएका यस्ता स्टोरहरूबाट एकै ठाउँबाट आम नागरिकहरूले सेवा पाउने हुँदा नगरकै बिकासमा थप टेवा पुग्ने मेयर गिरीको भनाइ छ ।
कलाकार तथा अभिनेता दिपक राज गिरीले आफ्नो गाउँ टोलमा स्थापना भएका यस्ता डिपार्टमेन्ट स्टोर सञ्चालनमा आउनु आबश्यक रहेको बताए ।

कलाकार गिरीले आफु चन्द्रागिरीको दहचोकमा जन्मेकोमा गर्व गर्दै स्थानीय जनताहरूलाई सबै सेवा सुविधा सम्पन्न नगरपालिकाको रूपमा देख्न चाहेको र नगरपालिका भित्र रहेका सवै राजनितिक दलहरूलाई पुर्वाग्रही तवरले बिकास निमार्णमा लाग्न आग्रह समेत गरे ।
चन्द्रागिरी डिपार्टमेन्ट स्टोरका सञ्चालक जयराम अधिकारीले करिव साढे दुई करोड लगानीमा सञ्चालित स्टोरबाट आम उपभोक्ताहरूलाई घरदैलोमा नै गुणस्तरीय सेवा सुविधा सहित उच्चस्तरीय सेवा प्रवाहमा जोड दिने उदेश्यले स्टोर सञ्चालनमा ल्याईएको बताए ।
अधिकारीले दैनिक जिवनमा आवश्यक पर्ने नुन देखि सुन सम्म एकै स्थानमा उपलब्ध गराईने जानकारी दिए ।
पाँच तलाको अत्याधुनिक भवनबाट बिस्तार गरिएको स्टोरमा गाडी वाईक पार्किङ, बैंक सेवा, चिसो तातो र चाडपर्व विशेष योजना समेत सञ्चालन गरिने भएको छ ।

 

चन्द्रागिरी डिपार्टमेन्ट स्टोरमा जयराम अधिकारी, राजन गिरी, अर्जुन गिरीको लगानीमा सञ्चालन आएको एक व्यापारीक महल रहेको छ ।
चन्द्रागिरि डिपार्टमेन्ट स्टाेरमा विष्णु गिरी,अर्जुन गिरी,जयराम अधिकारीकाे लगानीमा सञ्चालनमा आएकाे एक व्यापारीक महल रहेकाे छ ।