थानकोट वृतको अप्रेसन : लकडाउनको अवधिमा ठूलो मात्रामा घरेलु मदिरा बरामद

  • 442
    Shares

२१ जेठ काठमाडौं । लकडाउनकाे अवधिमा महानगरीय प्रहरी बृत्त थानकोटले अवैध हजाराै लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेकाे छ ।

प्रहरी बृत्तले लकडाउन सुरु भएदेखि (चैत ११) गतेदेखि जेठ १८ गतेसम्म नगरका विभिन्न २३ स्थानहरूमा विशेष अप्रेशन सञ्चालन गरि अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले उक्त अवधिमा सञ्चालन गरी १ हजार ४१० लिटर घरेलु मदिरा तथा १६ हजार ४०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरि नष्ट गरिएकाे जानकारी दिए ।

थानकोट प्रमुख श्रेष्ठले लकडाउनको अवधिमा महानगरीय प्रहरी वृत्त थानकोट तथा मातहत कार्यालयहरूबाट चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानहरूमा व्यावसायिक रूपमा उत्पादित घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरी सम्बन्धित व्यक्तिहरूलाई कार्वाही समेत गरिएको बताए ।


  • 442
    Shares

Comments

comments