राेसन दानी
काठमाडौं /२८ जेठ
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ ।

बिरगंज बाट काठमाडौ आउदै गरेको ना ४ ख ८६९८ नम्बर को यात्रु बस नागढुङगा प्रहरी चेक पोइन्ट स्थित चेक जाँच गर्ने क्रममा जिल्ला पर्सा पोखरिया २ बस्ने बर्ष २४ को गोबिन्द कुमार शाहलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेकाे हाे ।
उनकाेे साथ वाट डाईजाल्याप १०० एम्पल फेनरागन १०० एम्पल नोफिन१०० एम्पल गरि जम्मा ३०० एम्पल लागू औसध फेलापरेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।

त्यस्तै बिरगंज कलैया बाट काठमाडौ आउदै गरेको ना ५ ख ५१४२नम्बर को यात्रु बस बाट जिल्ला ललितपुर भैसेपाटी २२ बस्ने बर्ष २५ को सन्त लामा र बर्ष २७ को लक्ष्मन तामङ्ग दुबै जना को साथ बाट डाईजाल्याब २० एम्पल फेनरागन १९ एम्पल नोफिन २० एम्पल गरि जम्मा ५९ एम्पल लागुऔषध समेत वरामद गरिएकाे निरिक्षक भट्टले वताए ।

नियन्त्रित दुईलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, थानकोटमा अनसन्धान भईरहेकोछ ।

Chandragirinews crime महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुअाैषध सहित तीन प्रक्राउ । अपराध    chandragiri

Comments

comments